बुधबार, वैशाख १२
०८:०४

चितवनमा सहकारीहरुका लागि ऋण सदुपयोगिता अनुगमन तालिम सञ्चालन

शुक्रबार, मंसीर १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चितवनको सौराहामा एक दिवसीय ऋण सदुपयोगिता अनुगमन तथा मूल्यांकन तालिम सञ्चालन भएको छ । नेफ्स्कून टाँडी सेवा केन्द्रको आयोजनामा सञ्चालित तालिम होटल पार्क भ्यू सौराहामा सुरु भएको हो । तालिममा पूर्वी चितवनका विभिन्न बचत तथा ऋण सहकारीबाट १४ जना महिला र १६ जना पुरुष गरि जम्मा ३० व्यवस्थापक र ऋण अधिकृतहरुको सहभागिता थियो । नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाको अध्यक्षतामा तालिमको शुभारम्भ भएको थियो । 

सञ्चालक कोइरालाले सहकारी मार्फत उद्यमशीलता र व्यवसायको विकास गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन, पुँजी तथा प्रविधिको उपयोग साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न नेफ्स्कूनले निरन्तर सहजीकरण गरिरिहेको स्पष्ट पार्नुभयोे । तालिमबाट सिकेको कुुरालाई आफ्नो संस्था विकासमा योगदान दिन उहाँले अनुरोध गर्नुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून चितवन फिल्ड कार्यालयका इन्चार्ज रिषभ राज रेग्मीले गर्नुभएको थियो ।  
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र