शुक्रबार, चैत्र १६
०३:४९

सुदूरपश्चिम प्रदेशका सहकारी सरोकारवालाहरुसँग अन्तरक्रिया, आज विस्तारित मञ्च हुँदै

शुक्रबार, मंसीर १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सुदूरपश्चिम प्रदेशका सहकारी सरोकारवालाहरुसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया गरेको छ । नेफ्स्कूनको आसन्न ३१औं वार्षिक साधारणसभाको अवसरमा मंसिर १५ गते सरोकारवालाहरुको राय सुझाव संकलन साथै सहकारी क्षेत्रको उपयुक्त मार्गदर्शन निर्माणका लागि अन्तरक्रिया गरिएको हो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य माधव जोशीको अध्यक्षता, नेफ्स्कून लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यता सहित प्रदेश स्वरोजगार कोषमा कार्यकारी निर्देशक चुडापणी तिमिल्सेना, गौरीगंगा नगरपालिका सहकारी शाखा प्रमुख अशोक जोशी, सुदूरपश्चिम प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रतिनिधि देवराज पन्तको विशिष्ट आतिथ्यता रहेको थियो । 

प्रमुख अथिति नवराज सापकोटाले सहकारी संस्थाले सदस्य केन्द्रीत सेवा प्रवाहलाई जोड दिनुपर्ने बताउनुभयो । सहकारी विभाग, सहकारीका शीर्ष संघ र केन्द्रीय संघले समय समयमा जारी गरेका मार्गनिर्देशनहरुको पालना गर्दै सुशासित सहकारी सञ्चालनका लागि सञ्चालक समिति, लेखा सुपरिवक्षण समिति र कर्मचारी प्रतिबद्ध भएर काम गर्नुपर्नेमा उहाँको जोड थियो । 
 
संयोजक सापकोटाले स्थानीय स्तरमा सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र स्तरीकरमा जोडदिँदै सहकारी संस्थाहरुमा सुशासन कायम गर्न पालिका स्तरलाई अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । 

सभाध्यक्ष माधव प्रसाद जोशीले सीमित सहकारीको गलत प्रवृत्तिका कारण सबै सहकारीमा समस्या छ भन्ने भ्रम चिर्न सहकारीका समसामयिक सबाल र सहकारीको समय सान्दर्भिक वस्तुस्थिति बारे अन्तरक्रिया तथा वहशका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु क्रमशः भूपेन्द्र थापा, जगदिश भट्ट, बद्रि प्रसाद भट्टराई, तेज बहादुर ऐर उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सहकारीका समसामयिक विषयवस्तु र ऐन नियम सम्बन्धमा नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले प्रस्तुतीकरण गर्नुभएको थियो । 

आज कञ्चनपुरमा प्रभावकारी सञ्जाल तथा जिम्मेवार सदस्यहरुको लागि नेफ्स्कूनको आयोजनामा विस्तारित मञ्चको कार्यक्रम सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा आवद्ध सहकारी सदस्यहरुको उपस्थितिका बीच सञ्चालित विस्तारित मञ्चले संघको बार्षिक साधारणसभाकालागि आवश्यक पृष्ठपोषण प्राप्त गर्नेछ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र