बिहीबार, वैशाख १३
०३:४०

नेफ्स्कूनद्वारा लेटाङमा उद्यमशिलता विकास तालिम सञ्चालन 

सोमबार, मंसीर १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मोरङको लेटाङमा आजबाट उद्यमशिलता विकास तालिम सुरु भएको छ । प्रदेश नं. १, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्य र नेफ्स्कूनको आयोजनामा सञ्चालित तालिम कृषि विकास बैकको प्रादेशिक तालिम केन्द्र, लेटाङमा सुरु भएको हो । 

तालिममा झापा र मोरङका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको सहभागिता रहेको छ । तालिम मंसिर १६ गतेसम्म चल्नेछ ।  प्रदेश नं. १ अन्तर्गत नेफ्स्कूनका सदस्य साकोसका उद्यमी सदस्यहरुलाई लक्षित गरि ३ समूहमा आयोजना हुन गईरहेको पाँच दिवसीय तालिम आइतबार देखि सुरु भएको हो । आइतबारबाट तरहरामा र सोमबारबाट लेटाङमा तालिमको सञ्चालन भइरहेको छ । 

उद्यमशिलता विकास उप समिति सदस्य एकराज निरौलाको अध्यक्षता र नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको प्रमुखत्वमा तालिमको शुभारम्भ भएको थियो ।

नेफ्स्कूनकी सञ्चालक नेपालले सहकारी मार्फत उद्यमशीलता तथा व्यवसायको विकास गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय स्तरमा उपलब्ध, स्रोत, साधन, पुँजी तथा प्रविधिको उपयोग साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न नेफ्स्कूनले निरन्तर सहजीकरण गरिरहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा सुनसरी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य हेरम्बराज भट्टराई,  प्रादेशिक तालिम केन्द्र प्रमुख गोपाल प्रसाद लामिछाने र नेफ्स्कून कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रादेशिक तालिम केन्द्र प्रमुख लामिछानेले कृषि विकासले गर्नुपर्ने काम नेफ्स्कूनले गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले सहभागीहरुलाई तालिममा सिकेका विषयहरु कार्यान्वयमा ल्याउन सकेमात्रै तालिमको सार्थकता रहने भन्दै उद्यमी बन्न उद्यमशिलता विकास तालिम अपरिहार्य रहेको बताउनुभयो । उहाँले तालिम पश्चात उद्यमी बन्न आवश्यक वित्तिय स्रोतका लागि कृषि विकास बैक सहुलियत ऋण सुविधा प्रदान गर्न तयार रहेको बताउनुभयो । 

उद्यमशिलता विकास उप समिति सदस्य एकराज निरौलाले नेपालमा उद्यमशिलतामा जोडिने पर्याप्त सम्भावनाहरु बारे जानकारी गराउँदै सहकारी अभियानले उद्यमशिलता विकासका लागि सहजीकरणका काम गरिरहेको बताउनुभयो । 

कार्यक्रम सञ्चालन नेफ्स्कून लेटाङ सेवा केन्द्र प्रमुख गणेश भण्डारीले गर्नुभएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र  अनुगमन अधिकृत रीता सूवेदीले गर्नुभएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र