बिहीबार, वैशाख १३
०२:५६

इकोसिस्टम सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सहभागिताका लागि नेफ्स्कूनको तीन सदस्यीय टोली भारत प्रस्थान

सोमबार, मंसीर १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भारतको ओडिशामा आयोजना हुन गईरहेको रिजेनेरेटिभ इकोसिस्टम सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सहभागिताका लागि आज नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल भारत प्रस्थान गर्नुभएको छ । कृषिगत बैंकिङमा अन्तर्राष्ट्रिय सहकारीता एवम् प्रशिक्षण केन्द्र (सिक्ट्याब) भारतको आंशिक आर्थिक साहयोगमा जेभियर इन्टिच्युट अफ म्यानेजमेन्ट युनिभर्सिटीको सेन्टर फर रिजेनेरेटिभ इकोसिस्टमले उक्त गोष्ठीको आयोजना गरेको हो । गोष्ठी नोभेम्बर २९ र ३० (मंसिर १३ र १४ गते) दुई दिन सञ्चालन हुनेछ । 

गोष्ठीमा सहभागिता जनाउनुुहुने नेफ्स्कून टोलीलाई संघका कोषाध्यक्ष दिपक पनेरुले शुभकामना सहित विदाई गर्नुभएको थियो । सो क्रममा संघका सहायक कार्यकारी अधिकृत द्वय सञ्जयराज तिमिल्सीना र राधेश्याम श्रेष्ठको उपस्थिति थियो । 

अन्तर्राष्ट्रिय गोष्ठी तीन प्रमुख फ्रेमवर्क सर्कुलर इकोनोमी, सोशल एण्ड सोलिडारिटी इकोनोमी र इकोलोजिकल इकोनोमिक्समा केन्द्रित छ । गोष्ठीमा विभिन्न राष्ट्रका शिक्षाविद्, चिकित्सक, सरकार, नागरिक समाज, विकास एजेन्सीहरुले इकोसिस्टम सम्बन्धी उत्कृष्ट अभ्यासहरु, नीति विश्लेषण गोष्ठी र छलफलमा सहभागी हुने सिक्ट्यावले जनाएको छ । गोष्ठीले इकोसिस्टममा सन्तुलन कायम गर्न समग्र विकास योजनाहरु र नीति निर्माण वातावरण अनुकूलित बनाउन साझा धारणा विकास गरिने जनाइएको छ । 

प्राकृतिक सन्तुलन प्रदान गर्ने कुनै पनि कम्पोनेन्टको नकरात्मक परिवर्तनले ईकोसिस्टमलाई प्रतिकूल असर गर्छ । यदि यो प्रभाव समयको साथ बढ्यो भने, यसले जलवायु परिवर्तन, उर्जा अभाव, जैविकविविधता र प्रयोगयोग्य संसाधनहरूमा कमी हुँदा विश्व भूगोलमा अपरिवर्तनीय परिणाम निम्त्याउन सक्ने भन्दै त्यसतर्फ सजगता अपनाउन गोष्ठी मार्फत सन्देश प्रवाह गरिने पनि सिक्ट्यावले जनाएको छ ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र