शुक्रबार, वैशाख ७
१०:४८

‘साकोसको वित्तीय जोखिम व्यवस्थापनका लागि प्रोबेसन कार्यक्रम अब्बल छ’

आईतबार, मंसीर ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा  । पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम–प्रोवेसन गौरीशंकर क्लष्टरको २६औैँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला जनउपकार साकोस दोलखाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर १० गते गौरीशंकर २, जुगुमा  सम्पन्न भएको छ । 

कार्यक्रममा दोलखा र रामेछापका ७ वटा साकोसबाट ५९ जनाको सहभागिता रहेको थियो । 

कार्यशालाको अध्यक्षता जनउपकार साकोस दोलखाका अध्यक्ष लोकेन्द्र प्रकाश खड्काले गर्नु भएको थियो भने गौरीशंकर गाउपलिका वडा नं १ का अध्यक्ष  प्रकाश बहादुर खड्काको प्रमुख  आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि खड्काले गौरीशंकर क्लष्टरमा आवद्ध सम्पूर्ण साकोसलाई सफलताको शुभकामना सहित वित्तीय संस्थाको जोखिम व्यवस्थापन गर्नको लागि नेफ्स्कूनद्वारा सञ्चालित प्रोबेसन कार्यक्रम बहुउपयोगी र अब्बल रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा सहभागी भएसँगै नियमित हुने समिक्षा कार्यक्रमहरुले पनि संस्थागत सुदृढीकरण र वित्तीय स्वस्थता कायम गर्न मार्गनिर्देश गरेको बताउनुभयो । 

नेफ्स्कूनका बरिष्ट कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले सहजिकरण गर्नु भएको सो कार्यक्रममा सात वटै संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र