शुक्रबार, वैशाख १४
०१:४४

सहकारीमा देखिने समस्या र तरलता व्यवस्थापन

शुक्रबार, मंसीर २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बैदेशिक मुद्रा सञ्चिति घट्दै गैरहेको, आयातको तुलनामा निर्यात दर अत्यन्त न्यून रहेको कारण ब्यापार घाटामा अकल्पनीय वृद्धि भैरहेको, राष्ट्र ऋण अत्याधिक वृद्धि हुँदै हाराहारी २० खर्ब पुगेको, सरकारले पुँजीगत खर्च गर्न नसकेको, राज्यको नीतिका विरुद्ध हुँदा हुदै डिजिटल मुद्रामा लगानी भैरहेको, वैदेशिक रोजगारबाट हुने आय को ठूलो हिस्सा अवैधानिक माध्यमबाट भित्रने हुँदा त्यसको राष्ट्र योगदानमा गणना नरहेको आदी कारणहरूले हाल देशमा आर्थिक संकट चुलिदैं गैरहेको छ । यस अवस्थाको असर प्रत्यक्ष परोक्ष रुपमा आम सर्वसाधारणसम्म पर्ने कुरा स्वभाविक नै मानिन्छ । त्यसैमाथि विगत वर्ष देखि महामारीको रुपमा फैलिएको कोरोना महामारीको कारण मुलुक थप आर्थिक संकटतर्फ धेकेलियो, एकातर्फ पर्यटन ब्यवसाय ठप्पप्राय रह्यो नै ! अन्य नियमित आयआर्जनका कार्यहरु सवै रोकिए, अर्काेतर्फ विकासमा लगाउन सकिने वा देश भित्र चलायमान रहने पूँजी मास्क, स्यानिटाइजर देखी औषधि र उपकरणहरुमा लगानी गर्नुपर्ने अवस्था रह्यो जसको कारण लगानी योग्य रकम अनुत्पादक क्षेत्रमा खर्च हुन पुग्यो । साथै हाल चलिरहेको रुस युक्रेन युद्धले हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र रहेको मुलुकलाई थप आर्थिक क्षती पुर्यायो । सवैजसो उपभोग्य वस्तुको मुल्य २५/३० प्रतिशत न्यूनतम देखी सतप्रतिशतसम्म को वृद्धिले बैदेशिक मुद्राको ह्रास गरायो । 

उल्लेखित पृष्ठभूमिलाई आधार मान्दा देशमा आर्थिक संकट गहिरिंदै गैरहेको अनुमान गर्न गाह्रो हुँदैन, यसको शिकार सवै क्षेत्र बनेको छ । 

नेपालमा सहकारीको इतिहास त्यति लामो छैन, आर्थिक रुपमा विपन्न समुदाय जस्ले आफ्नो दैनिक ज्याला मजदुरीबाट सानो भन्दा सानो रकम ब्यवस्थापन गरी एकअर्काको गर्जाे टार्ने अभियानका साथ सुरु भएको विश्व सहकारीको इतिहास पाइन्छ । नेपालमा पनि खासगरी आर्थिक विपन्नहरूले आफूभित्र नै रकमको जोहो गरेर एकअर्काेलाई सयोग गर्ने अभियानका साथ सञ्चालन सुरुवात भएको सहकारी अभियान सञ्चालनका क्रममा यसको मर्म विपरित साहु महाजनले आफ्नो धनलाई सहकारी मार्फत वैधानिक रुपमा चक्रिय ब्याजमा लगानी गर्ने कलुसित अभिप्रायले सहकारीहरू गठन हुन थाले साथै यस अवस्थामा राज्यले स्पष्ट नीतिगत निर्देशन गर्न सकेन, फलस्वरुप सहकारीहरू केही गतल बाटोमा लागेको देखिन्छ । यसरी सहकारीहरूले मर्म विपरित गतिविधिहरू सञ्चालन गरेकै कारण आजको  दिनमा सहकारीहरू थप आलोचित बन्न गएका छन्, सहकारी क्षेत्र स्व-शासित, स्व–नियमनकारी, सदस्यको अधिनमा रहने संस्था हो त्यसैले सहकारीमा शेयर सदस्यहरूको सहकारी नियन्त्रण र नियमनमा अत्यन्त ठूलो भूमिका रहन्छ यसबारे सहकारी सदस्यहरू वेखबर जस्तै छन्, जस्को कारण केही सहकारीहरू यस क्षेत्रकै वदनाम गराउने गरी गलत मनसायबाट परिचालित भएका छन्, फलस्वरुप आज सहकारीहरुले निक्षेप फिर्ता गर्न नसकेका समाचारहरू आइरहेका छन् केही हदसम्म यो सत्य हो ।   

सहकारीताको बारेमा बुझाई नै नभएको अवस्थामा समुदायमा विभिन्न विषयगत सहकारी सञ्चालन गर्न अनुमती प्रदान गर्ने, क्षमता अभिवृद्धिमा राज्यले कुनै चासो नराख्ने, नियमनकारी निकायहरू चिरनिन्द्रामा बस्ने, जव समस्या आउन थाल्छ अनि नियन्त्रणको बहानामा हतोत्साही बनाउने परीपाटीले सहकारी क्षेत्र दिगो हुन सक्दैन ।
     
मुख्य रुपमा सहकारीहरूले आफ्नो आन्तरिक ब्यवस्थापनको बारेमा ध्यान नदिइ देखासिकी र लहैलहैमा परिचालित हुने, सदस्यहरूले आफु सदस्य हो भन्ने हेक्का नराखेर अन्य वित्तीय संस्थामा आर्थिक कारोबार गरेकै शैलिमा आर्थिक कारोबारसँग मात्र जोडिने, सहकारीहरूले सदस्यको बचतलाई अनुत्पादक क्षेत्रमा मनोमानी तबरबाट लागानी गर्ने आदि कारणले सहकारीहरूले तरलता अभावको समस्या झेलिरहेका छन् । सहकारीहरूले खासगरी तरलता ब्यवस्थापनमा ध्यान दिन आवश्यक छ, यसको लागि दीर्घकालिन योजना सहित अगाडि बढ्न आवश्यक छ, जसको लागि संस्थागत सम्पत्तिमा वृद्धि गर्नु आवश्यक छ भने हामिकहाँ अझै सम्म थोरै मात्र सदस्य भएमा धेरै मुनाफा लिन पाइन्छ भन्ने भ्रम छ, त्यो गलत हो । सहकारी सदस्य नवनी कुनैपनि कारोबार गर्न नपाइने भएको हुँदा जती धेरै सदस्य भयो त्यतिनै धेरै कारोबार हुन्छ । जति धेरै कारोबार भयो त्यतिनै धेरै मुनाफामा वृद्धि हुन्छ, त्यसैले सदस्य संख्या वृद्धि गर्ने र प्रति सदस्य शेयर रकम थोरै राख्ने गर्नुपर्दछ, त्यस्तै संस्था सफल हुन आवधिक बचतलाई सकेसम्म कम गर्दै अनिवार्य बचतमा सकेसम्म सवै सदस्यहरूलाई सहभागी गराउन सक्नुपर्दछ जस्ले सहकारीमा तरलतालाई बचाइराख्न महत्वपूर्ण भूमिका  निर्वाह गर्दछ । त्यस्तै तरलता ब्यवस्थापन गर्ने अर्काे महत्वपूर्ण उपाय भनेको कर्जा प्रवाह गर्दा सानो सानो रकम धेरै सदस्यहरूमा प्रवाह गर्ने साथै मासिक  किस्ताबन्दीमा प्रवाह गर्नुपर्दछ जस्ले गर्दा धेरै जनाबाट सानो सानो रकम दैनिक जसो किस्ता र ब्याजको रुपमा प्राप्त भैरहन्छ र त्यसले हामीलाई अत्यन्त सहज बनाउँछ ।  

संस्थागत पूँजी वृद्धिमा कुनैपनि ध्यान नपुर्याउने, सकेसम्म विभिन्न खर्च शिर्षक देखाएर अल्पकालिन स्वार्थका लागि मुनाफाको रुपमा वितरण गर्ने, सदस्यहरू तत्कालिन रुपमा ठूलो रकम मुनाफाको रुपमा प्राप्त गर्दा संस्थाको अन्य अवस्थाको बारेमा चासो नराख्ने वा त्यसबारे जानकारीको कमी, सदस्यबाट लिएको बचत रकमलाई संस्थागत सम्पत्ति सरह घरजग्गामा लगानी गर्ने, सञ्चालकहरूले मनोमानी रुपमा रकम अपचलन गर्ने, विना धितो वा कमसल धितोमा ठूलो रकम एकै ठाउँमा लगानी गर्ने, फर्जी ऋणी खडा गरेर रकम हिनामिना गर्ने आदि अहिलेको सहकारीका मुख्य समस्या हुन । यी समस्यालाई निराकरण गरेमा सहकारीहरू दीर्घकालिन रुपमा सञ्चालन भैरहन सक्छन् । 

राज्यको कुनैपनि निकायसँग आधिकारिक तथ्याङ्क नरहेको भएता पनि मुलुकमा ३० हजार हाराहारी सहकारी छन् भन्ने गरिन्छ । यी मध्य कुनै एउटामा भएको कमजोरी वा समस्याले सिङ्गो सहकारी क्षेत्र बदनाम हुने र गराउने गरिन्छ, जुन सतप्रतिशत गलत छ । जुनसुकै सहकारीमा आवद्ध सदस्य समस्यामा पर्नु हुँदैन भन्ने मान्यता राख्नु उचित हो तर सञ्चालन नियमन र नियन्त्रणमा चासो नराख्ने पछी समग्र क्षेत्र हतोत्साही हुने गरी राज्य निर्मम बन्नुलाई उचित मान्न सकिदैन । 

सहकारीताको बारेमा बुझाई नै नभएको अवस्थामा समुदायमा विभिन्न विषयगत सहकारी सञ्चालन गर्न अनुमती प्रदान गर्ने, क्षमता अभिवृद्धिमा राज्यले कुनै चासो नराख्ने, नियमनकारी निकायहरू चिरनिन्द्रामा बस्ने, जव समस्या आउन थाल्छ अनि नियन्त्रणको बहानामा हतोत्साही बनाउने परीपाटीले सहकारी क्षेत्र दिगो हुन सक्दैन । समस्याहरू पत्ता लगाई उचित मार्गनिर्देशन गर्दै सदस्यहरूको लगानी तथा बचतलाई सुरक्षित बनाउदै सञ्चालकहरूलाई जिम्मेबार बनाउनेतर्र्फ सरोकारवाला छाता संगठनहरू, नियमनकारी निकायहरुले उचित कदम चाल्न आवश्यक छ । 

साकोस आवाज त्रैमासिक प्रकाशन २०७९, असोज अंकमा प्रकाशित ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ