शुक्रबार, वैशाख ७
०४:५७

रौतहटमा सहकारीहरूका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन

मंगलबार, कात्तिक २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रौतहट । जिल्ला बचत तथा ऋण सहकारी संघ लि., रौतहटको आयोजना र नेफ्स्कूनको प्राविधि सहयोगमा जिल्लामा सञ्चालित सहकारीहरुका लागि सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) कार्यान्वयन सम्बन्धी तालिम प्रदान गरिएको छ । कार्तिक २८ गते सञ्चालित तालिममा जिल्लाका २९ जनाको सहभागिता रहेको थियो ।

तालिम रौतहट जिल्ला बचत संघकी अध्यक्ष देवकी नेपालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सहकारीको सूचना व्यवस्थापनका लागि राज्यले सुरु गरेको कोपोमिस सफ्टवेयर निकै महत्वपूर्ण रहेकोले सहकारी क्षेत्र व्यवस्थित र सुशासित बनाउने अभियानमा यसको कार्यान्वयमा साथ दिनु सम्पूर्ण सहकारीको कर्तव्य रहेको बताउनुभयो । 

नेफ्स्कून सर्लाही फिल्ड व्यवस्थापन उपसमिति सदस्य विभु पोखरेलले प्रत्येक सहकारीले आफ्ना वित्तीय तथा अन्य विवरणहरु अनिवार्य रुपमा कोपोमिस सफ्टवेयरमा प्रविष्टि गर्नुपर्नेमा जोड दिनुभयो ।  

संघका महासचिव देव बहादुर बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष नरेन्द्र बहादुर रानाले स्वागत गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कून केन्द्रीय कार्यालयका सहायक अधिकृत मनोहर आचार्यले गुर्नभएको थियो । 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण