बिहीबार, वैशाख ६
११:३०

हिमाली ब्राम्ही महिला साकोसको आयोजनामा नवौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

आईतबार, कात्तिक २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । हिमाली ब्राम्ही महिला साकोस, भरतपुर–११, जागृती चोक, चितवनको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनमा नवौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्तिक २५ गते शुक्रबार सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम– प्रोबेसनमा आबद्ध चितवन जिल्लाका १० वटा साकोसका प्रोबेसन कार्यदल संयोजक÷सदस्य, प्रमुख कार्यकारी अधिकृत÷व्यवस्थापक, सहायक स्तरको कर्मचारी र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५७ जनाको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष भवानी अधिकारीको अध्यक्षता र भरतपुर महानगरपालिका उप–नगर प्रमूख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यता, नेप्mस्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, नेप्mस्कून सञ्चालक समिति सदस्य  विद्या कोईराला र जिल्ला बचत संघ चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तथा बिशेष अतिथिज्यूहरुले सहकारी संस्थाहरु अहिले बैङ्क तथा वित्तीय संस्था सरह सेवा सुविधा दिने अवस्थामा बृद्धि भएको यस परिस्थितीमा सहकारी सहकारीको मुल्य मान्यतामा र सिद्धान्तमा चल्नुपर्ने विषयमा जोड दिनुभएको थियो । 

संस्थाको वित्तीय पारदर्शीता प्रस्तुत गर्दै सदस्यहरुको बचतको सुरक्षाको सुनिश्चितताका लागि गुणस्तर सुधारका कार्यक्रमहरुमा सहभागी हुन सम्पूर्ण बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुका लागि आव्हान गर्नुभएको थियो । 

हाल तरलता जोखिमको अवस्थामा संस्थाहरुले ऋणको मागलाई सम्बोधन गदै ऋण लगानी गरिएको पाईएकोमा ऋणलाई भन्दा तरलता व्यजस्थापनमा जोड दिनुपर्ने उहाँहरुको भनाई थियो । 
कार्यक्रममा उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा अथर्व साकोसको ऋण अधिकृत ठाकुर प्रसाद दवाडीलाई पुरस्कृत गरीएको थियो जसमा उत्तराधिकारी योजना अनुरुप व्यवस्थापकको उपस्थितिमा सहायक स्तरको कमचारीको प्रस्तुतिकरण रहेको थियो ।

उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाकी उपाध्यक्ष  मिना कुमारी पाण्डे र कार्यक्रम सञ्चालन सचिव तथा प्रोवेसन कार्यक्रम सदस्य गिता  के.सि.ले गर्नु भएको थियो । 

आगामी दशौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सजिलो साकोस, भरतपुर–२३, कृष्ण चोकको आयोजनामा आगामी माघ २७ गते सम्पन्न गर्ने निर्णय गरिएको थियो ।  


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र