बिहीबार, चैत्र १५
१०:२४

सहकारीको अग्रभागमा र बजार प्रतिनिधिको रुपमा कार्यरत कर्मचारीहरूका लागि तालिम प्रदान

आईतबार, कात्तिक २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रामेछाप ।  बचत तथा ऋण सहकारी संस्थाको अग्रभागमा रहेर काम गर्ने कर्मचारी तथा बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम आज सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) फिल्ड कार्यालय मन्थलीको आयोजनामा कार्तिक २६ र २७, २ दिन सञ्चालित तालिममा नेफ्स्कून मन्थली फिल्ड व्यवस्थापन उप समिति सदस्य तथा मन्थली साकोसका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षता तथा रामेछाप जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालको प्रमुख अतिथ्यता रहेको थियो । तालिममा २१ वटा साकोस वाट ३४ जनाको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि दाहालले सहकारीमा शिक्षा, तालिम र सूचना भन्ने सहकारीको ५ नं. सिद्धान्त अत्यन्त महत्वपूर्ण रहेको बताउँदै साकोसका सम्पूर्ण कर्मचारीहरुले आफ्नो कार्यमा दक्ष हुन अपरिहार्य रहेको बताउनुभयो । 

सभाध्यक्ष गोविन्द घिमिरेले तालिममा सिकेका कुराहरु संस्थामा लागु गर्न सके मात्र तालिम फलदायी हुने र सहभागीले तालिममा उच्चतम सहभागिता जनाई तालिमलाई प्रभावकारी वनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेफस्कून फिल्ड व्यवस्थापन उप समिति सदस्य सोमेस थापा, रामेछाप जिल्ला बचत संघका माहासचिव नविन केसी र नेफस्कून कार्यक्रम अधिकृत पवन घिमिरेको आतिथ्यता रहेको थियो । 

तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । स्वगत मन्तव्य रामेछाप जिल्ला बचत संघका माहासचिव नविन केसीले गर्नुभएको थियो । 

तालिमको उद्घाटन तथा समापन सत्रको कार्यक्रम सञ्चालन तथा व्यवस्थापन मन्थली फिल्ड ईन्चार्ज सुर्य वहादुर थापाले गर्नुभएको थियो ।

तालिम समापन सत्रमा फिल्ड व्यवस्थापन उप समिति सदस्य सोमेस थापाको आतिथ्यता रहेको थियो । सभाध्यक्ष गोविन्द घिमिरे र सोमेस थापाले संयुक्त रुपमा तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र