शुक्रबार, वैशाख १४
०४:३६

थानकोट महिला जागरण साकोसको आयोजनमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

आईतबार, कात्तिक २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । थानकोट महिला जागरण साकोस थानकोट, काठमाडौंको अयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोबेसन बागमती क्लष्टर दोस्रोको १९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) कार्तिक २७ गते थानकोट, काठमाडौंमा सम्पन्न भएको छ । 

कार्याशालामा यस क्लष्टरमा आवद्ध काभ्रे, ललितपुर, भक्तपुर र  काठमाडौंका साकोसहरुको सञ्चालक समिति र व्यवस्थापन गरी जम्मा ४७ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्याशालाको प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो । 

कार्यक्रममा वोल्दै प्रमुख अतिथि पौड्यालले डिजिटाइजेशन, डिजिटलाईजेशन, डिजिटल ट्रान्फरमेशन र डिजिटल इन्कुलुजन को बारेमा चर्चा गर्दै यसका लागि नेफ्स्कूनले प्रविधि तयार पारेर लञ्च गरेको र अब साकोसहरुले आफ्ना सदस्यहरुलाई वित्तीय प्रविधि साक्षरता र सदस्यहरुको वित्तिय स्वस्थताको बारेमा शिक्षित गरी सम्पूर्ण वित्तीय समधान सहितको ईआरपी सफ्टवेयर प्रविधि प्रयोग गर्न आग्रह गर्नुभयो । 

कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।  


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र