बिहीबार, वैशाख ६
०७:२६

आइसीएमा थपिए ६ नयाँ सदस्यः कुल सदस्य संख्या ३ सय ११ पुग्यो

शुक्रबार, असोज १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ब्रसेल्स । विश्व सहकारीको साझा मञ्च अन्तराष्ट्रिय सहकारी महासंघ (आइसीए) मा ६ नयाँ सदस्य थपिएका छन् । यो सँगै अब आइसीएमा १ सय ९ देशका गरी कुल सदस्य संख्या ३ सय ११ पुगेको छ । पछिल्लो केही महिनामा यी नयाँ सदस्यहरु थपिएको जानकारी आइसीएले हालै मात्र सार्वजनिक गरेको हो । 
आइसीएमा सबैभन्दा बढी सदस्य एसिया प्रशान्त क्षेत्रका राष्ट्रबाट प्रतिनिधित्व छ । यस क्षेत्रका ३२ मुलुकका १ सय ८ सदस्य छन् । त्यसैगरी, उत्तर र दक्षिण अमेरिकालाई संयुक्त रुपमा जनाइएको अमेरिका क्षेत्रका २४ राष्ट्रबाट ९७, अफ्रिकाका २३ मुलुकबाट ३६ र युरोपका ३२ मुलुकबाट ६७ सदस्य छन् ।
आइसीएमा नवप्रवेशीहरुः
१. माल्टा कोअपरेटिभ फेडरेशन (माल्टा)
२. बार्बडोज कोअपरेटिभ बिजनेश एशोसिएसन (बार्बडोज)
३.फेडरेशन डि कोअपरेटिभाज् डि अहोरो क्रेडिटो लिमिटेडा (पाराग्वे)
४. यूएस ओभरसिज् कोअपरेटिभ डेभलेपमेन्ट काउन्सिल (अमेरिका)
५. फुजियन फेडेरेशन अफ सप्लाइ एण्ड मार्केटिङ् कोअपरेटिभ (चीन)
६. जियाङ्सु सप्लाई एण्ड मार्केटिङ् जेनेरल कोअपरेटिभ (चीन)
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।