शनिबार, वैशाख ८
०५:०७

कोरोना संक्रमणबाट सहकारीका अध्यक्षको निधन

शुक्रबार, असोज १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको सदस्य संस्था सुनसरीको इटहरीस्थित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिव पराजुलीको कोरोना संक्रमणबाट असोज १४ गते राती निधन भएको छ । ६० बर्षिय पराजुली सहकारीकर्मी सँगै होटल व्यवसायी समेत हुनुहुन्थ्यो । विगत ९ बर्षदेखि विन्धबासिनी साकोसको सञ्चालक रहँदै आउनुभएका पराजुलीले गत २ बर्षदेखि अध्यक्षको जिम्मेवारी  सम्हाल्नुभएको थियो । उहाँको निधनले सहकारी क्षेत्र र होटल व्यवसायमा समेत अपुरणीय क्षति पुगेको छ ।

सँधै स्वस्थ र तन्दुरुस्त देखिने अध्यक्ष पराजुलीमा यसअघि कुनै पनि प्रकारको रोग तथा संक्रमण बारे जानकारी नभएको संस्थाका व्यवस्थापक  प्रकाश आचार्य भन्नुहुन्छ, “असोज १३ गते मात्रै सामान्य खोकी सँगै एक्कासी ज्वरो बढेपछि मोरङस्थित विराट मेडिकलमा पीसीआर परीक्षण गराउनुभएको थियो । ज्वरो अध्याधिक बढेसँगै सुनसरीको धरान नगरपालिकास्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयू कक्षमा असोज १३ गते बाटै उपचाररत हुनुहुन्थ्यो । १४ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो । सोही दिन राती नै उहाँको  निधन भयो ।” उहाँले भन्नुभयो, अध्यक्षको निधनले विन्धवासिनी साकोसले अभिभावक गुमाएको छ भने सहकारी क्षेत्रले एक असल सहकारीकर्मी गुमाएको छ  । हामी अत्यन्त शोकको घडीमा छौं, तीन दिन कार्यालयको सेवा बन्द गरेका छौं । 

शोकको यस घडीमा साकोस आवाज परिवार मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र