शुक्रबार, वैशाख ७
०४:१५

अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे का अवसरमा अकूद्वारा भर्चुअल वेविनार

बिहीबार, कात्तिक ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । आज (२०२२ अक्टोवर २०) अक्टोबर महिनाको तेस्रो बिहीबार ७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (ICU Day) विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाईयो ।

“EMPOWER YOUR FINANCIAL FUTURE WITH A CREDIT UNION” अर्थात ‘क्रेडिट युनियनमार्फत सदस्यको वित्तीय भविष्य सशक्तिकरण गर्नुहोस्’ भन्ने यस बर्षको नारा तय गरिएको थियो । यसै विषयमा एशियाली ऋण महासंघ (अकू) ले भर्चुअल वेविनार सञ्चालन गरेको थियो । 

एशियाली मुलुकका क्रेडिट युनियनमा आवद्ध क्रेडिटयुनियनकर्मीहरुको उल्लेख्य सहभागिता रहेको वेविनारमा एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भिस्यान रोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहित कर्मचारी तथा नेपालको बचत तथा ऋण सहकारी अभियानका अभियानकर्मीहरु सहभागी हुनुभएको थियो । 

कार्यक्रममा प्रस्तुत कार्यपत्रमार्फत सन् १८०० को बीचबाट बचत ऋण सहकारीका पिता एफ् डब्लु राइफाइसनले ल्याउनुभएको धनी हुने दुई उपायमध्ये बचत र परिश्रम मुख्य उपाय रहेको र ती उपायहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइएको थियो । मानिसको जीवनमा नसोचेका घटनाहरु जुनसुकै बेला पनि घट्न सक्छन् । कोभिड १९ महामारीको पोष्ट इफेक्टको रुपमा मानिसहरुको आयस्तर घटेको र विश्वव्यापी रुपमा अर्थतन्त्रमा गिरावट आएको छ । यसबाट विशेष गरी कमजोर वर्ग, आर्थिक रुपले विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउन एकमात्र उद्देश्य बचत तथा ऋण सहकारी संस्थाहरुले काम गर्नुपर्ने कार्यक्रममार्फत प्रष्ट पारिएको थियो । 

त्यसैगरि एशियाली ऋण महासंघको आयोजनामा सम्पन्न अकू फोरम २०२२ ले जारी गरेको दश बुँदे ‘बैंकक डिक्लरेसन’ को बुँदा नम्बर ४ मा उल्लेख गरिएको वित्तीय साक्षरताको ज्ञान सीपलाई व्यवहारमा उतार्न सक्ने गरि ‘फाइनान्सियल वेलनेस’ का लागि सबै सहकारीहरुले  काम गर्नुपर्ने ऐक्यबद्धता जाहेर भएको थियो । यसै बुँदालाई लिएर एशियाली ऋण महासंघले A Guide to Building Wealth- Credit Union Business Solutions No. 28,   जुन प्रोडक्ट आज अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवसको अवसर पारेर लन्च गरिएको थियो । सदस्यहरुलाई वित्तीय साक्षरता तालिम शिक्षाको लागि एशियाली ऋण महासंघले तयार गरेको 360 Degrees Financial Literacy -Credit Union Business Solution No. 16 र सो को नेपाली अनुवाद रुप नेफ्स्कूनले सदस्य संस्थाहरुलाई उपलब्ध गराएको छ ।  

वेविनारमा क्रेटिट युनियन का सफल अभ्यासहरु पनि प्रस्तुत गरिएको थियो । किसान साकोस, गैडाकोटका प्रमुख कार्यकारी अधिकृत गणेश शर्माले असल अभ्यासहरुको शेयर गर्दै २२ हजार भन्दा बढी सदस्यले संस्थामा आकस्मिकताका लागि आकस्मिक कोष बचत नियमित गरिरहेको बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी साकोस, काठमाण्डौबाट सदस्यहरुमा आएको रुपान्तरणको बारेमा भिडियो प्रस्तुती समेत रहेको थियो । 
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।