बिहीबार, वैशाख १३
०९:३७

७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे, विश्वभर विविध कार्यक्रम गरि मनाइँदै

बिहीबार, कात्तिक ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । आज अक्टोबर महिनाको तेस्रो बिहीबार ७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (ICU Day) विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

यस वर्षको क्रेडिट युनियन डे को नारा “EMPOWER YOUR FINANCIAL FUTURE WITH A CREDIT UNION” अर्थात ‘क्रेडिट युनियनसँग तपाईको वित्तीय भविष्य सशक्त बनाउनुहोस’ भन्ने तय गरेको छ ।

कोभिड १९ संक्रमण जोखिम सँगै देखा परेको विश्वव्यापी आर्थिक मन्दीबाट उन्मुक्तिका लागि र सदस्यहरुको वित्तीय भविष्य सुनिश्चित गर्न क्रेडिट युनियनको महत्वपूर्ण योगदान रहने भाव नारामा अन्तर्निहित छ । अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे सन् १९४८ देखि अक्टोबरको तेस्रो बिहीबार मनाइँदै आएको छ ।  यस दिवसको अन्तिम लक्ष्य नै क्रेडिट युनियनहरु र अन्य वित्तीय सहकारीहरुले विश्वभर गरिरहेका कामहरुको बारेमा चेतना जगाउन र सदस्यहरुलाई राम्रा कामहरुप्रति उत्प्रेरित गर्नु र कामका लागि अवसर दिनु रहेको छ ।

विश्वव्यापी क्रेडिट युनियनको भावनालाई जगाउन, क्रेडिट युनियन आन्दोलनको इतिहासलाई प्रतिबिम्बित गर्न, यसका उपलब्धिहरुलाई बढावा दिन, कडा परिश्रमको पहिचान गर्न र सदस्यहरुको अनुभव र साझा सिकाईको आदानप्रदान गर्नका लागि यो दिवस विशेष मान्यताका साथ मनाइने जनाइएको छ । विश्व ऋण परिषद् (WOCCU), क्रेडिट युनियन काउन्सिल र क्रेडिट युनियन नेशनल एसोसिएसन (CUNA) द्वारा यो दिवसलाई क्रेडिट युनियनकर्मीहरु एक ठाउँमा भेला भएर यसलाई विश्वव्यापी दिवसको रुपमा मनाउन आव्हान गरेका छन् । नेपालमा पनि बचत तथा ऋण सहकारी संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गर्दछन् । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र