बिहीबार, वैशाख १३
०४:०८

नारीसंकल्प साकोसद्वारा सदस्यको परिवारलाई बीमा वापतको रकम उपलब्ध 

शुक्रबार, असोज १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मोरङको उर्लाबारी–७ स्थित नारीसंकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यको बीमा वापतको रकम रु. ५० हजार सदस्यको परिवारलाई उपलब्ध गराएको छ । साकोसकी शेयर सदस्य विष्णुकुमारी लिम्बुको निधन भएसँगै सिटिजन लाईफ इन्सुरेन्ससँग भएको सम्झौता बमोजिमको बीमा रकम सदस्यका परिवारलाई उपलब्ध गराइएको साकोसले जनाएको छ । साकोसकी अध्यक्ष गोमा नेपाल र निवर्तमान अध्यक्ष सीता कार्कीद्वारा बीमा रकम सदस्यको घरमै पुगी परिवारलाई उपलब्ध गराउनुभएको थियो । बीमा कम्पनीसँगको सम्झौता बमोजिम साकोसले सम्पूर्ण सदस्यको बीमा गराएको र प्रति सदस्य बार्षिक २ सय बुझाउने गरेको साकोसका व्यवस्थापक चित्र न्यौपानेले जानकारी गराउनुभयो । 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण