शुक्रबार, चैत्र १६
१०:३८

स्यूचाटार साकोसको १६औं वार्षिक साधारणसभा सम्पन्न, रामेश्वर प्रसाद गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

शुक्रबार, असोज १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नागार्जुन नगरपालिका–१० स्यूचाटारस्थित स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । 

असोज १० गते सोमबार साकोसका अध्यक्ष शाधुराम गौतमको अध्यक्षतामा सुरु भएको सभाको उद्घाटन प्रमुख अतिथि नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । 

२०६३ साल असोज ७ गते घटस्थापनाको दिन स्थापना भएको उक्त साकोसले प्रत्येक बर्ष स्थापनादिवसका दिननै वार्षिक साधारणसभा गर्दै आइरहेको जनाएको छ । सभामा साकोसका अध्यक्ष साधुराम गौतमले आ.व. २०७९/०८०को अनुमानित आय व्यव विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्ण प्रसाद लामिछानेले आ.व. ०७८/०७९को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हाल ५ हजार शेयर सदस्य रहेको साकोसको कुल कारोबार रु. ८३ करोड भन्दा बढीको रहेको छ । साकोसको रु.८ करोड ८४ लाख ४० हजार शेयर पुँजी, रु. ६२ करोड ८१ लाख १२ हजार बचत संकलन गरी करिब रु. ६२ करोड ऋण लगानी रहेको साकोसले जनाएको छ । रु. २ करोड ९० लाख नाफा आर्जन गर्न सफल साकोसले सदस्यहरुलाई १८ प्रतिशत शेयर लाभांश प्रस्ताव पारित गरेको छ भने जगेडा तथा अन्य कोषहरुमा रु. ९ करोड ८० लाख ५६ हजार सञ्चित रहेको जनाएको छ ।

२०७८/०७९ देखि स्यूचाटारस्थित आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको साकोसले सदस्यको विश्वास आर्जन गर्दै अघि बढेको छ । साकोसले शेयर सदस्यको मृत्यु भएमा सदस्यका परिवारलाई सहयोग रकम, दीर्घ रोग लागेका सदस्यहरुलाई आर्थिक सहयोग, खेलकुद तथा महिला लक्षित कार्यक्रम तथा सदस्य शिक्षाका कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाएको छ । साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा सहभागी छ ।


 

सञ्चालक समिति चयन

साकोसको १६औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशनले ४ वर्षका लागि रामेश्वर प्रसाद गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र कृष्ण प्रसाद लामिछानेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । 

समितिको उपाध्यक्षमा धनञ्जय शर्मा, सचिव कृष्णहरि खत्री, कोषाध्यक्ष बन्दना थापा खड्का र सदस्यहरुमा भाईराम थापा, बैकुण्ठ पराजुली, किरण गिरी, विद्या खड्का गुरुङ, दुर्गा खत्री भट्टराई, कृष्णहरि खड्का, माधव खतिवडा चयन हुनुभएको छ ।

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण प्रसाद लामिछाने र सदस्यहरुमा घनश्याम गौतम र राजेश्वर लुईटेल चयन हुनुभएको छ । 

नवनिर्वाचित सञ्चालक समितिलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र