शनिबार, वैशाख ८
०३:२२

नवजनजागृति साकोसको आयोजनामा चितवनमा साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

बिहीबार, असोज १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (CURBS–कर्ब्स) अन्तर्गत चितवन क्लष्टर तेस्रो समुहको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

श्री नवजनजागृति बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा असोज १२ गते बुुधबार सञ्चालित कार्यक्रम आयोजक साकोसका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का लेखा सुुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(चिस्कून) का अध्यक्ष हरिचन्द्र सुुवेदीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि सापकोटाले बचत तथा ऋण सहकारी संस्था सृदृढीकरणका लागि स्तरीकरण कार्यक्रमको महत्वबारे प्रष्ट पार्दै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम प्रमाणिकृत साकोस निर्माणका लागि सुशासनको पहिलो अभ्यास रहेको बताउनुभयो । उहाँले सुशासित साकोस निर्माणका लागि नीति, विधि र प्रविधिको विकल्प नरहेको बताउँदै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमले सहकारीलाई सुशासनमा चल्न सिकाउने बताउनुभयो ।

जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत नेफ्स्कून र चितवन जिल्ला बचत संघको संयुक्र प्राविधिक सहयोग रहेको कर्ब्स कार्यक्रममा चितवनका ३५ बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध छन् । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र