शुक्रबार, वैशाख ७
०७:५९

सिद्धिगणेश साकोसद्वारा लाभांश वितरण साथै सदस्यहरुको स्वास्थ्य परिक्षण

मंगलबार, असोज ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर लाभांश लिन आएका सदस्यहरुको स्वास्थ्य परिक्षण गराएको छ । आज, असोज ११ गते स्वास्थ्य उपसमितिको आयोजनामा साकोसको कार्यालय भवनमा आयोजित कार्यक्रममा लाभांश रकम लिन आउने सदस्यहरुलाई लक्षित गर्दै निःशुल्क रक्तचाप तथा सुगर (चिनीरोग) परिक्षणको शुरुवात गरेको हो । 

साकोसका अध्यक्ष राजन लाखाजुले असोज ४ गतेदेखि सदस्यहरुलाई १२ प्रतिशत शेयर लाभांश वितरण गरिरहेको जानकारी गराउनुभयो । सदस्यहरुलाई शेयर लाभांश लिन मात्रै नभएर सो अवसरमा स्वास्थ्य परिक्षण जाँच सेवा समेत उपलब्ध गराइएकोले सबै सदस्यहरुले स्वास्थ्य जाँचमा सहभागी भएर लाभलिनुहुन अनुरोध गर्नुभयो ।

१५ हजार ९ सय ४१ जना शेयर सदस्यरहेको सिद्धिगणेश साकोसको कुल वासलात २ अर्व ५९ करोड भन्दा बढी छ । कार्यक्रममा साकोसका व्यवस्थापक शिला गोसाईले सदस्य स्वस्थ भएमा संस्था स्वस्थ रहने अवधारणा अन्र्तगत स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । चाँडपर्वमा खानपिनमा बिशेष ध्यान पुर्याउन अनुरोध गर्दै साकोसले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी जानकारी गराउनुभएको थियो । 

कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले अहिल डेङ्गु रोगको महामारी फैलिरहेको र भक्तपुर नगरपालिकामा मात्रै १ हजार भन्दा बढी संक्रमित भइसकेको अवस्थामा आफु बस्ने वरिपरि वातावरण सफा राख्नु अनुरोध गर्नुभयो । उहाँले निःशुल्क रक्तचाप तथा सुगर रोग परिक्षण कार्यक्रम ११ असोजदेखि १३ गतेसम्म सञ्चालन हुने भएकोले समयमै स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिन अनुरोध गर्नुहुँदै हाल सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट दैनिक रुपमा सामान्य स्वास्थ्य परिक्षण सहितको डाक्टरी सेवा, फिजियोथेरापी, दन्त सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । 

कार्यक्रममा उपसमितिका सचिव राजेश जाकिबन्जारले पनि चाडबाडको समयमा विशेष गरी स्वास्थ्य सम्बन्धी सचेत रहनुपर्ने बताउनुभएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण