शनिबार, वैशाख ८
०६:१२

चिनारी साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश प्रस्ताव पारित

मंगलबार, असोज ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लि.ले १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । असोज ८ गते, शनिवार साकोसका अध्यक्ष न्हुच्छे नारायण श्रेष्ठको अध्यक्षता, नेफ्स्कूनका पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता र  गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिजालको विशिष्ट आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानाङ्गले सहकारी संस्थाको सबैभन्दा ठूलो पुँजी भनेको सदस्यको नियमित बचत भएकोले सहकारीले अन्य ठूला क्षेत्रलाई भन्दा सदस्यको बचतमा जोड दिनुपर्ने बताउनुभयो । समुदायका अन्य सहकारीको नक्कन र देखासिकी भन्दा आफ्नै अक्कल प्रयोग गरेर सदस्य सेवालाई प्रमुखता दिनु र स–सानो बचतलाई महत्व दिनु सहकारीको महत्वपूर्ण पक्ष रहेको स्पष्ट पार्नुभयो । 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख रिजालले सहकारीलाई बलियो बनाउन नगरपालिका सहकारी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउँदै नगरपालिका सहकारीको अनुगमन संयन्त्र निर्माण गर्ने तयरीमा अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । 

२ हजार ३ सय शेयर सदस्य रहको चिनारी साकोसमा २ करोड ४४ लाख शेयर पुँजी, २० करोड बचत, २२ करोड ऋण लगानी सहित कुल २८ करोड १ लाखको वासलात रहेको प्रतिवेदन प्रस्तुती मार्फत जानकारी गराइएको छ । संरक्षित पुँजी फिर्ता कोषमा ८ लाख र जगेडा कोषमा ३९ लाख रहेको साकोसले सदस्यहरुका लागि १० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ जसमध्ये ४ प्रतिशत शेयर लाभांश र ६ प्रतिशत नगद लाभांश उपलब्ध गराइने जनाएको छ । 

८४ लाख रुपैंया कुल नाफा गर्न सफल यस साकोसले चालु आ.व.मा २७ प्रतिशत सदस्य वृद्धिको लक्ष्य लिएको छ भने रु. ३४ करोड वासलात पुर्याउने लक्ष्य अगाडि सारेको छ । 

साधारणसभामा उपाध्यक्ष शुभलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष श्यामकाजी श्रेष्ठ, सचिव शिवहरी श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति संयोजक ज्ञानलाल श्रेष्ठले प्रतिवेदन प्रस्तुतीका क्रममा आआफ्नो भूमिका निभाउनुभएको थियो ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र