शुक्रबार, वैशाख ७
०७:४४

पाँच तारा साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न, उद्यमशिलता अभिवृद्धिमा जोड

आईतबार, असोज ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा असोज ८ गते, शनिबार सम्पन्न भएको छ । 

सभाको उद्घाटन साकोसका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षता र साकोसका  ज्येष्ठ सदस्य लक्ष्मण प्रसाद आचार्यको प्रमुख आतिथ्यतमा भएको थियो ।  

साकोसले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गनिर्देशन पालना गर्दै जेष्ठ सदस्यबाटै सभाको उद्घाटन र सदस्यहरुमाझ प्रतिवेदन प्रस्तुती तथा प्रतिवेदनमाथी छलफल गरी सभालाई बढीभन्दाबढी सदस्य सहभागिता उन्मुख बनाएको थियो । 

सञ्चालक समितिको तर्फबाट सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पाठकले गत आर्थिक वर्षमा राजनीतिक खिचातानीसँगै आर्थिक मन्दी, तरलता अभाव र मुलुकले विविध समस्या झेल्नु परेको बताउनुभयो । सहकारी सबै क्षेत्र र वर्गलाई समेटेर उत्पादन, बचत तथा लगानीका लागि प्रोत्सहन गर्ने संस्था भएकाले सहकारीमा सदस्य बन्न पाउनु गर्वको विषय भएको उहाँले बताउनुभयो । 

सहकारी ऐन २०७४ ले उस्तै प्रकृतिको एउटा मात्रै संस्थामा सदस्य बन्न पाउने व्यवस्था गरेकाले सदस्यहरुलाई आफ्नो वित्तीय कारोबारका लागि पाँचतारालाई छनौट गर्न उहाँले आग्रह गर्नुभयो ।

 संस्थाको ऋण लगानी तथा असुलीलाई प्रभावकारी बनाउन कानुन र व्यवहारिक सबै प्रक्रिया अवलम्बन गर्ने, तरलता व्यवस्थापन गर्न ब्याजदर हेरफेर र निर्धारण गर्ने, सीइओ नियुक्तिको प्रक्रिया अगाडि बढाउने, नियामक निकायले अनुगमन पछि दिएका सुझावहरुलाई कार्यान्वयन गर्नेतर्फ साकोसका गतिविधि केन्द्रीय गर्नेमा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
 
साकोसका कोषाध्यक्ष श्री कुमार विमलीद्वारा प्रस्तुत आ.व.२०७८/०७९ को आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक सुशिल प्रसाईले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ७८ लाख २५ हजार ३ सय रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा सेयर पुँजी ८ करोड १२ लाख ५६ हजार पुर्याउने लक्ष्य संस्थाले लिएको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ५ करोड ५० लाख ४४ हजार ६ सय ३१ रुपैयाँ रहेको छ भने अन्य कोषमा ४ करोड ५२ लाख ८४ हजार ४ सय ४३ रुपैयाँ रहेको छ । त्यस्तै संस्थागत विकास कोषमा १ करोड ८ लाख ४६ हजार १ सय ६९ रुपैयाँ रहेको छ । संस्थाले यस वर्ष ५७ करोड ४१ लख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ९० लाख ६९ हजार कर्जा लगानी गर्न सफल भएको छ । संस्थाले २ करोड २४ लाख ९९ हजार ८ सय ७७ रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

साकोसले सदस्यहरुमा उद्यमशीलता विकास गर्न उद्यम खाताको शुरुवात गरेको र त्यसमा ४ सय ५० जना सदस्य सहभागी भएको बताउनुभयो । सहकारीमार्फत उद्यमशीलता विकासमा जोड दिने उद्देश्य रहेकोेले उद्यम खातामा आफ्नो सहभागिता बढाउन सदस्यहरुलाई आग्रह गरिएको थियो । 

साधारण सभाको अवसरमा सदस्यहरुलाई सम्मान, राहत रकम हस्तान्तरण गर्नुका साथै ७० जना जेष्ठ सदस्यलाई दशैं खर्च प्रदान गरिएको थियो ।

साकोसले गत आवमा २०३ नयाँ सदस्य वृद्धि गर्न सफल भएको छ भने चालु आ.व. मा संस्थाहरुबीच एकिकरण गर्ने, सेवाकेन्द्र विस्तार गर्ने, पाँचतारा बचत खातामा सहभागी सदस्यहरुको लागि पेन्सन स्किमको कार्यविधि पारित गर्ने जस्ता लक्ष्य लिएको अध्यक्ष पाठकले जानकारी गराउनुभयो ।

समुदायमा आधारित भएर सदस्यकेन्द्रित कारोबार गर्दै आएको पाँचताराले विभिन्न सामाजिक क्रियाकलाप गतिविधि गर्दै आएको छ भने सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्न मोबाइल बैंकिङ र एटिएम मेशिनको व्यवस्था गरेको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र