शुक्रबार, वैशाख ७
०१:३६

गोलढुङ्गा साकोसको १०औं वार्षिक साधारणसभा सम्पन्न

आईतबार, असोज ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ४ स्थित सानोपुलमा रहेको गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को १०औं वार्षिक साधारणसभा असोज ०८ गते, शनिबार सम्पन्न भएको छ ।

साधारणसभा तारकेश्वर नगरपालिका सहकारी विभागका विभाग प्रमुख तिर्थ राज थापाको प्रमुख आतिथ्य तथा सो संस्थाका अध्यक्ष शोभा आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । साधारणसभामा ६३ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि थापाले सहकारी क्षेत्रले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने र आफ्नो संस्थाको गतिविधि  इन्टरनेको माध्यमबाट सबैले हेर्न र पढ्न पाउनु पर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने साथ सहयोगको लागि नगरपालिका तयार रहेको बचनवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका अध्यक्ष शोभा आचार्यले सहकारीमा शेयर सदस्यहरु र सञ्चालकको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै सदस्यहरुको सेवामा कुनै कमीहुन नदिएको र गर्नुपर्ने सुधार र प्रगतिको लागि आगामी दिनमा समेत सञ्चालक अझै क्रियाशील भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष सुर्दशन खतिवडाले स्वागत मन्तब्य र लेखा सुपरिवेक्षण समितिका संयोजक रमा कुमारी श्रेष्ठ, कोषाध्यक्ष  यज्ञ कुमार थापा  र सचिव नेमकृष्णले अ बादे श्रेष्ठले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण