शनिबार, वैशाख ८
०२:२८

हाम्रो सुपर साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न

आईतबार, असोज ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपरासी । हाम्रो सुपर साकोस बर्दघाट–२ चिसापानीकोे प्रतिनिधिमुलक १५आंै वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साकोसका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले सानो पुँजीबाट सुरु भएका कतिपय सहकारीहरु अहिले करोडौंको कारोबार गर्न सफल भएको उदाहरण प्रस्तुत गर्दै हाम्रो सुपर साकोसले लिएको प्रगतिपथको पनि खुलेर प्रशंसा गर्नुभयो ।  उहाँले सहकारीमा नीति, विधि र प्रविधिसँगै पारदर्शिताको पाटोमा सवल रहन सके शेयर सदस्यहरुसँगै समाजलाई पनि सहयोग पुग्ने विश्वार ब्यक्त गर्नुभयो । 

त्यसैगरी संस्थाकी निवर्तमान अध्यक्ष माया पौडेलले सुपर साकोसले महिला नेतृत्वहरु उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याएको धारणा राख्नु भयो । सहकारीमा बचत गर्ने सबैभन्दा बढी महिला हुनु र नेतृत्वमा पनि महिला अगाडी हुनुले सुपरमा लागेका महिलाहरुको आर्थिक पाटो पनि मजबुत रहेको अनुभव सुनाउदै पहिले घर समृद्ध बनाएर मात्र टोल समाज र नगर समृद्ध हुने भएकाले नगर समृद्ध बनाउन हाम्रो सुपर साकोस बर्दघाट–२ चिसापानी कटिबद्ध भएर लागेको धारणा ब्यक्त गर्नुभयो ।

साकोसका अध्यक्ष सुवेदीले अहिले संस्थाले नगरस्तरमा मात्र आफ्नो सेवा प्रवाह गरेको बताउदै अब जिल्ला स्तरमा नै आफ्नो सेवा विस्तार गर्ने तयारीमा लागेको बताउनुभयो ।

संस्थाकी उपाध्यक्ष सावित्री दुवाडीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका चारवटा सेवा केन्द्र र मुख्य कार्यालयको छुट्टा–छुट्टै  वार्षिक साधारणसभाबाट आएका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव विष्णु प्रसाद बरालको सञ्चालन रहेको कार्यक्रममा साकोसकी निवर्तमान अध्यक्ष माया पौडेल, बर्दघाट नगरकार्यपालिका सदस्य प्रेम भुजेल, शान्ति निकुञ्ज मा.वि. पाल्डाँडाका प्रधानाध्यापक विजयरत्न पराजुली लगायतको उपस्थिति रहेको थियो ।

करिव रु. ३२ करोडको कारोबार गर्न सफल रहेको साकोसले अहिले ४ हजार ८ सय ९१ जना शेयर सदस्य बनाएको र २ करोड ९१ लाख ७९ हजार २ सय रुपैया शेयर रहेको आफ्नो वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरी २४ करोड ६६ लाख २८ हजार ९ सय १ रुपैया बचत, २७ करोड ३१ लाख ५८ हजार ६ सय १२ रुपैया ऋण लगानी गरेको र १ करोड २४ लाख ९ हजार ५ सय रुपैया बाह्य ऋण रहेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । 

जगेडा कोषमा रु.१ करोड ६० लाख रहेको सुपर साकोसको कुल पुँजी ३२ करोड ८३ लाख २७ हजार ८ सय २५ रुपैया रहेको जनाएको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र