बुधबार, वैशाख ५
०५:२९

महिला आवाज साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

शनिबार, असोज ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

हेटौंडा । हेटौंडामा एक दिने कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शुक्रबार सम्पन्न भएको छ । मकवानपुरगढी २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष तेज कुमारी अस्थानीको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य रामप्रसाद चौरेलको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा प्रोवेशन ब्राण्डका लागि कार्यशाला गरिएको थियो । कार्यशालामा मकवानपुरका ११ वटा सहकारी संस्थाले सहभागिता जनाएका थिए । कार्यशालामा नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले सहजीकरण गर्नुभएको थियो ।

साईराम साकोस, महिला एकता साकोस, सञ्जीवनी साकोस, मनहरी साकोस, मितेरी साकोस, दिव्यज्योती महिला साकोस, महिला जागृति साकोस, परिवर्तन महिला साकोस, बज्राबारही साकोस, सृजना महिला साकोस, महिला आवाज साकोसको उपस्थितमा १५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भएको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र ढुङ्गाना, नेफ्स्कून मकवानपुर फिल्ड कार्यालय इन्चार्ज ज्योती महत लगायतको आतिथ्यता रहेको थियो ।


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण