शुक्रबार, चैत्र १६
०२:१८

जिल्ला सहकारी संघ महोत्तरीद्वारा कोपोमिस तालिम सञ्चालन 

मंगलबार, असोज ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । महोत्तरी जिल्लाका ७ पालिकाका सञ्चालित ३५ सहकारी संस्थाका प्रतिनिधिहरुलाई कोपोमिस तालिम प्रदान गरिएको छ ।

जिल्ला सहकारी संघ लि. महोत्तरीको आयोजनामा सञ्चालित तालिमको सहजीकरण राष्ट्रिय सहकारी बैंकका जनकपुर शाखा प्रवन्धक विष्णु प्रसाद पराजुलीले गर्नुभएको थियो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा असोज ३ गते, सोमबार आयोजित तालिम राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं जिल्ला सहकारी संघ महोत्तरीका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा भएको थियो । तालिम शुभारम्भ सत्रमा संघका उपाध्यक्ष गगनदेब यादव, साना किसान कृषि सहकारी संस्था लि. रामगोपालपुरका अध्यक्ष राम एकवाल राय, संघका सदस्य रामदरेश यादव र राम नारायण साहको उपस्थिति रहेको थियो ।

तालिमका सहभागीहरुले तालिम आयोजना भएकोप्रति खुसी व्यक्त गर्दै जिल्ला सहकारी संघले सहकारी सम्बन्धी अन्य तालिमहरु पनि उपलब्ध गराउने अपेक्षा लिइएको बताएका थिए ।

 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण