बिहीबार, चैत्र १५
०७:३६

G-20 मा सहकारी संलग्नता सम्बन्धी वेबिनार अत्यन्त सफल: आइसीए–एसिया प्यासिफिक

मंगलबार, असोज १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । G-20 मा सहकारी संलग्नता सम्बन्धी हिजो आयोजित वेबिनार अत्यन्त सफल भएको आइसीए–एसिया प्यासिफिक (एपी) ले जनाएको छ ।  ४ सय भन्दा बढी विश्व सहकारी अभियानकर्मीहरु भर्चुअल छलफलमा सहभागी भएको कार्यक्रम निक्कै सफल भएको दाबी आइसीए (एपी) ले गरेको हो । हिजो अबेर भएको अभौतिक भेटमा आइसीए (यूरोप) का अध्यक्ष जीन लुइस ब्यान्सेलले वित्तीयसँगै सहकारी सदस्यका अन्य समस्याहरुतर्फ पनि ध्यान जानुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य, आर्थिक पुनर्उत्थान, रोजगारी, सामाजिक असमानता लगायतका सामाजिक विषयहरुमा आगामी G-20 को बैठकमा छलफल हुनुपर्ने धारणा उहाँले राख्नुभयो ।

विजनेश काउन्सिल अफ कोअपरेटिभ्स् एण्ड म्युचुअलकी प्रमुख कार्यकारी मेलिना मोरिसनले कोभिड १९ शुरु भएयता सहकारीहरुले गरेका कामका बारेमा जी २० नेतृत्वलाई अवगत गराउनुपर्ने बताउनुभयो । यसैगरी, कार्यक्रममा विश्व प्रसिद्ध भारतको मल सहकारी इफ्कोका निर्देशक डा यु एस् अवस्थीले कोभिड पछिको जीडीपी भन्नाले खानाको उपलब्धता, स्वच्छ पानी, पहुँचयोग्य स्वास्थ्य सुविधाका साथै प्रविधिकरण हुनुपर्ने बताउनुभयो । सन् २०१४ देखि अन्तर्राष्ट्रिय सहकारी महासंघ ९आइसीए० र उसका सदस्यहरु न्(द्दण् संलग्नता समूहमा रहेर लगातार सहकारीका सम्बन्धमा छलफल चलाउँदै आएका छन् । विगतदेखि नै G-20 सम्मेलनमा सहकारी अभियन्ताहरुले साना तथा मझौला व्यवसाय, बेरोजगारी, शिक्षाका साथै G-20 सदस्य राष्ट्रहरुलाई सहकारी सम्बन्धी सुझाव तथा नीतिगत परिवर्तनका विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

विश्व आर्थिक मञ्च G-20 मा विश्वका २० धनी राष्ट्रहरुको प्रतिनिधित्व छ । यो समूहमा एशिया प्रशान्त क्षेत्रका अष्ट्रेलिया, चीन, भारत, इन्डोनेसिया जापान, कोरिया र साउदी अरेबियाको प्रतिनिधित्व छ । यस वर्षको न्(द्दण् सम्मेलन साउदी अरेबियाले आयोजना गर्दैछ भने २ वर्षपछि हुने अर्को सम्मेलन भारतले आयोजना गर्दैछ । G-20 को १५ औं बैठक आगामी नोभेम्बर २१–२२ सम्म साउदी अरेबियाको राजधानी रियादमा आयोजना गरिदैंछ । कुल १९ राष्ट्र, तिनका केन्द्रिय बैंकका गर्भनरहरु र युरोपेली संघ EU गरी २० वटाको समूह G-20 ले विश्व अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्दछ ।

वेबिनारमा G-20 कार्यदलको बैठकमा सहभागी आइसीए सदस्य राष्ट्रका प्रतिनिधिहरुले सहकारीहरुले कसरी सक्रिया भूमिका खेल्न सक्छन् भन्ने विषयमा धारणा राखेका थिए । अभौतिक कार्यक्रममा भारत, अष्ट्रेलिया, फ्रान्स लगायतका देशका सहकारी अभियानकर्मीहरुले धारणा राख्नेका थिए । कोभिड–१९ को विश्वव्यापी महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र सहकारीमार्फत उद्यमशीलता, रोजगारी, आन्तरिक पर्यटन, जलवायु परिवर्तन, लैङ्गिक समानता, लगायतका विश्वव्यापी मुद्दाहरुमा नयाँ सम्भावनाहरु छिचोल्ने विषयमा वेबिनारमा छलफल भएको बताइएको छ ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।