शनिबार, वैशाख ८
०१:५९

सहकारीका बजार प्रतिनिधि कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान

आईतबार, असोज २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

लमजुङ । नेफ्स्कून लमजुङ फिल्ड कार्यालयको आयोजनामा सहकारीका बजार प्रतिनिधि कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान गरिएको छ । 

लमजुङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामबाबु  श्रेष्ठको अध्यक्षता सुरु भएको तालिम भाद्र ३१ र असोज १ गते दुई दिन सञ्चालन भएको थियो । सभाध्यक्ष श्रेष्ठले कर्मचारीको क्षमता विकास तालिमले कर्मचारीहरुमा मनोबल उच्च बनाउने बताउनुभयो । उहाँले पछिल्लो समय सहकारीमा एकपछि अर्को चुनौतिहरु बढ्दै गएकोले सदस्यहरुलाई सहकारीबारे बुझाउन पनि तालिमले सहयोग पुर्याउने बताउनुभयो । 

तालिममा लमजुङ जिल्ला बाट १ जना र गोर्खा जिल्ला बाट ३० जना बजारप्रतिनिधि कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून लमजुङ फिल्ड कार्यालयका इन्चार्ज विनोद ढकालले गर्नुभएको थियो । 
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण