शुक्रबार, वैशाख ७
०६:००

कोपोमिस प्रणालीमा सहकारीको आबद्धता बढाउन जोड

शनिबार, साउन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

जनकपुरधाम । सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) लाई सहकारी संस्थामा पूर्ण कार्यान्वयनमा ल्याउनका लागि नेफ्स्कूनले देशव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ । मधेश प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी आज जनकपुरधाममा कोपोमिस तालिम प्रदान गरिएको हो । 

तालिममा महोत्तरी र धनुषाका ५५ ओटा बचत तथा ऋण सहकारी संस्थाबाट ६० जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कून जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्य सुधिर पाण्डेको अध्यक्षतामा कार्याक्रमको उद्घाटन भएको थियो । उपसमिति सदस्य पाण्डेले सहकारीका समसामयिक विषय र विद्यमान वस्तुस्थिति साथै सहकारी सुशासनमा देखिएको कमी कमजोरीका बारेमा चर्चा गर्दै सहकारी संस्था सञ्चालनमा पालना गर्नुपर्ने नीति विधि र सिद्धान्तका बारेमा जानकारी गराउनुभएको थियोे । 

उहाँले जनकपुरधामलाई लक्षित गरी नेफ्स्कूनद्वारा महत्वपूर्ण तालिम तथा कार्यक्रमहरु निरन्तर भइरहेकोले यसमा सक्रिय सहभागिता भएर प्राप्त ज्ञान सीप संस्था सञ्चालनका क्रममा कार्यान्वयनमा ल्याउन समेत अनुरोध गर्नुभयो । सहकारी विभागले जारी गरेको सूचना सम्पूर्ण सहकारी संघ संस्थाले पालना गनुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्यांक राज्यलाई दिनुपर्ने भएकोले सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना सहकारीको तथ्यांक भर्न उहाँले अनुरोध गर्नुभएको थियो । 

कोपोमिस तालिमको सहजीकरण नेफ्स्कून सुचना प्रविधि अधिकृत प्रविण अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम व्यस्थापन नेफ्स्कून फिल्ड कार्यालय जनकुपरधामले गरेको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र