शुक्रबार, चैत्र १६
०५:४९

हाम्रो चित्रवन साकोसको वार्षिक समिक्षा बैठक सम्पन्न 

शनिबार, साउन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

 केशब लोहनी
हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ११ चितवनको र्आिर्थक बर्ष २०७८।०७९ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद पौडेलले आर्थिक बर्ष २०७८।०७९ को वार्षिक प्रगती समिक्षा सँगै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाका आगामी नीति तथा कार्यक्रममा वित्तीय कार्यक्रमका साथै सदस्य सेवा कार्यक्रम, सुशासन सम्वन्धी कार्यक्रम, सामुदायिक उत्तरदायित्वका कार्यक्रम, तालिम तथा शिक्षा कार्यक्रम, प्रविधिको विकास र प्रयोग सम्बन्धी व्यवस्था लगायतका बिषयहरु समेटिएको बताउनुभयो ।

 बैठकमा प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले गत आ.व.को  प्रगति समिक्षा सँगै आ.व. २०७९।०८० को लागि १ अर्व ४० करोड ७८ लाख ७३ हजार को कुल पुँजी सहित ५ करोड ३१ लाख ४० हजार मुनाफा पुर्याउने प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो । समिक्षा बैठकमा संस्थाका अध्यक्ष खड्काले संस्थाले गत बर्षको आन्तरिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षण कार्य सम्पन्न भएको र चालु आ.व.मा सामाजिक लेखा परिक्षण SOCIAL AUDIT  को कार्य भईरहेको हँुदा यसवाट संस्था सुशासनमा जाने र संस्थाले यस वर्ष स्तरीकरण कार्यक्रम अन्तर्गत ACCESS कार्यक्रमको समेत अडिट गर्ने बताउनुभयो साथै संस्थाले ए.टि.एम. सेवा अन्तरगत भिजा कार्ड प्रयोगमा ल्याएको, मोवाईल एप्स, क्यूआर कोड सञ्चालनमा आएको जानकारी गराउदै चालु आर्थिक बर्षको लागि संस्थाले लिएको नीति कार्यक्रम र बजेटलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याएर शेयर सदस्यलाई १२ प्रतिशत लाभांश दिने घोषणा समेत गर्नु भएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र