मंगलबार, वैशाख ११
०४:४४

चन्द्रोदय साकोसको आयोजनामा रौतहटमा साकोसहरुबीचको असल सिकाइ आदानप्रदान

शुक्रबार, साउन २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । प्रोबेसन कार्यक्रम अन्तर्गत मध्य तराई क्लष्टर पाचौं ब्याचमा सहभागी साकोसहरुबीच “१२औं कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन कार्यशाला बिहीबार सम्पन्न भएको छ ।

 चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर–४ रौतहटको आयोजनामा सञ्चालित गोष्ठीमा सिन्धुलीका सिन्धु साकोस, मिलिजुली साकोस, महोत्तरीका बर्दिबास साकोस, सर्लाहीका त्रिवेणि साकोस ,डुमडुमे साकोस ,जनहित साकोस तथा रौतहट चन्द्रोदय साकोस गरि ७ वटा साकोसका ५०  जनाको सहभागिता रहेको थियो ।

गोष्ठीको प्रमुख अतिथिमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्ले  र अतिथिमा जिल्ला बचत संघ रौतहटका अध्यक्ष देबकी नेपाल, नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विभु पोखरेलको उपस्थिति रहेको थियो । 

चन्द्रोदय साकोसका बरिष्ठ उपाध्यक्ष बासुदेब अधिकारीको अध्यक्षतामा आयोजित गोष्ठीमा क्लष्टरमा आबद्ध साकोसका प्रोबेसन कार्यदल प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभागिता थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून हरिवन फिल्ड कार्यालयका ईन्चार्ज महेश बरालको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यशालामा आवद्ध सहकारीका व्यवस्थापकहरुले आ–आफ्नो संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिका क्रममा देखिएका संस्थाका विविध कमिकमजोरीहरुको समिक्षा गर्दै सुधार गर्नुपर्ने विषयहरुमा हजकर्ता बिदुर खड्काले सुझाव दिनुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र