बिहीबार, वैशाख १३
०२:३८

ऋण परामर्श तालिम सम्पन्न

आईतबार, असार १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौंका वित्तीय कारोबारमा सहभागी साकोस प्रतिनिधिहरुका लागि शुक्रबार एक दिवसीय निशुल्क: ऋण परामर्श तालिम प्रदान गरिएको छ । तालिममा काठमाडौंका विभिन्न २० बचत तथा ऋण सहकारी संस्थाबाट २३ जनाको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीना, सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र व्यवसाय अधिकृत मनोज बुढाथोकी को उपस्थिति थियो । 

संघका प्रमुख कार्यकारी अधिकृत पोखरेलले ऋण सहकारी संस्थाको मुटु रहेको बताउँदै ऋणमा परामर्शको कार्य निकै महत्वपूर्ण रहने बताउनुभयो । सहकारीमा ‘फाइभ सी’ (Capacity to pay, Character, Collateral, Capital, Condition) विश्लेषणका लागि सूचना प्राप्ती, ऋण ताकेता तथा असुलीका लागि संस्थागत नीति कार्यान्वयनलाई ऋण परामर्शमा जोड्नुपर्ने उहाँले बताउनुभयो । संस्थाको कुल आम्दानीको ९५ प्रतिशतभन्दा बढी आम्दानी ऋणले गर्नुपर्ने हुँदा साकोसको ऋण लगानी र असुली प्रक्रिया राम्रो बनाउन प्रभावकारी ऋण परामर्श आवश्यक हुनेमा उहाँले जोडदिनुभयो । 

संघका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीनाले ऋण परामर्श गर्दा जहिले पनि ऋणीको व्यवसाय र सदस्यको बारेमा राम्रो जानकारी राख्नुपर्ने बताउनुभयो । सही ढंगले ऋणको परामर्श गरी लगानी गरेमा साकोसमा वित्तीय जोखिम न्यून हुने विषयमा उहाँले जोड दिनुभएको थियो । 

तालिममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख ढकालले ऋण परामर्श राम्रो भएमा ऋणको गुणस्तर बृद्धि हुनुका साथै ऋण मागमा पनि ऋणीले पुनर्विचार गर्न सक्ने बताउनुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र व्यवसाय अधिकृत समिट खड्काले गर्नुभएको थियो भने तालिमको व्यवस्थापन सहजीकरण संघका अन्तरलगानी सहायक कर्मचारी सौरभ चौलागाईले गर्नुभएको थियो ।  

स्मरण साकोसका व्यवस्थापक निर्मल हुँमागाई र प्रतिबद्ध मिलिजुली साकोसकी व्यवस्थापक कमला वस्नेतले साकोसको ऋण लगानी अवस्था र वित्तीय जोखिमको बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।  
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र