शुक्रबार, चैत्र १६
०८:३७

‘समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि सहकारीको योगदान महत्वपूर्ण छ’

आईतबार, असार १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी लि. मोरङको आयोजनामा दुई दिने साकोस गोष्ठी २०७९ शनिबार देखि शुरु भएको छ । 

गोष्ठी उद्घाटन समारोहमा संघका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारीले सुन्दर संसारको निर्माण गर्छ भन्ने नारा सहित आज १००औं अन्तर्राष्ट्रिय सहकारी दिवस अभियानबीच एकसाथ मनाइरहँदा सम्पूर्णमा सहकारी मार्फत समुन्नत समाज, राष्ट्र र विश्व निमार्णको अभियानमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो । सहकरी मार्फत रुपान्तरणको अभियानलाई संस्थागत गर्दै समुन्नत र समृद्ध राष्ट्र निर्माणमा सहकारीको योगदान बढाउनुपर्नेमा उहाँको जोड रहेको थियो । 

उहाँले मोरङ जिल्ला सहकारी अभियानमा एक अनुकरणीय जिल्लाको रुपमा रहेको र स्तरीकरण अभियानको सुत्रपातको श्रेय पनि मोरङ रहेको प्रशङ्ग उल्लेख गर्नुभएको थियो । उहाँले अभियानमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै र कर्जा सूचना केन्द,्र ऋण असुली न्यायाधिकरण लगायतका विषयको सुरुवातमा पनि निरन्तर लागिरहेका बताउनुभयो ।  

विश्व डिजिटलाईजेशनको सन्दर्भमा नयाँ आयममा अगाडि बढिरहेको सन्दर्भमा नेपालको सहकारी अभियानमा पनि अब एकीकृत प्रविधि विकास र प्रयोगलाई बढाउनुपर्ने आवश्यकता औल्याउँदै नेफ्स्कूनले प्राविधिक एकरुपता कायम गर्न प्रविधि विकासमा नयाँ आयामको थालनी गरिरहेको समेत अध्यक्ष पौड्यालले जानकारी गराउनुभयो । 

पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाह तुम्हाङ्फोले सहकारी क्षेत्रमा महत्वपूर्ण र उल्लेखनीय कामहरु पनि भएको र कमी कमजोरी तथा विसंगती पनि उत्तिकै रहेको बताउनुभयो । सञ्चालकले सहकारीको पैसा हिनामिना गरेका विषयहरु नगरमा गुनासो आइरहेको बताउँदै नगर प्रमुख तुम्हाङ्फोले सहकारीले मुल्य मान्यता र सिद्धान्तको पालना गरेर मात्र सहकारी संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

संघले आफुले नेतृत्व गरिरेको मात्र हैन गाउँ ठाउँमा रहेको साना तथा अन्य सहकारीको  पनि उचित नेतृत्व दिन संघले नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक जना व्यक्ति ५÷६ वटा सहकारीमा आवद्ध हुने र एउटाबाट एक उदेश्यले ऋण लिने अनि त्यसको लागि खर्च नभई अर्को सहकारीको ऋण तिर्नको लागि प्रयोग हुने प्रवृत्ति रहेकाले यसले व्यक्ति र संस्था दुवैलाई असर पुग्ने हुँदा यस्ता गतिविधिहरु नियन्त्रण गर्नुपर्ने मेयर तुम्हाङ्फोले बताउनुभयो । सहकारी अभियानले गलत गतिविधिलाई निरुत्साहित गर्दै जानुपर्ने उहाँको भनाई थियो । 

सुनसरी बचत संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले गोष्ठीहरुबाट सहकारी सञ्चालकहरुलाई सिकाई हुने बताउनुभयो । उहाँले सहकारीमा काम गर्दै र सिक्दै गईरहेको अवस्थामा यस्ता कार्यक्रमहरुले  संस्थालाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

शनिबार र आईतबार हुने गोष्ठीमा मोरङ जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र व्यवस्थापकहरु गरी करिब ३३० जनाको सहभागिता रहेको छ । गोष्ठीको आज साँझ समापन हुँदैछ ।

गोष्ठीको पहिलो दिन नेपाल सरकारका पूर्व सचिव गोनीनाथ मैनाली र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संघका महासचिव दामोदर अधिकारीले साकोस सञ्जालिकरण र प्रविधि विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पूर्व सचिव मैनालीले सहकारीको नियमन र प्रवर्धनमा नियामक निकायको भूमिका र सवालका क्षेत्रहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

दोस्रो दिन आइतबार कानेपोखरी गाउँपालिकाका निर्वतमान अध्यक्ष तारा बहादुर काफ्ले, राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सि.ए. बद्रिकुमार गुरागाई र डिग्री क्याम्पस विराटनगरका प्राध्यापक डा. अर्जुन बरालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

संघले यसअघि २०७५ बैशाख ३० र ३१ गते पहिलो साकोस गोष्ठी गरेको थियो । संघ स्थापनाको दिन साकोस गोष्ठी गर्ने योजना रहेपनि यसबर्ष कोरोना तथा चुनावका कारण अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर गरिएको संघका सचिव एकराज निरौलाले जानकारी दिनुभयो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र