बिहीबार, वैशाख १३
०५:५५

सहकारी अभियन्ता विजयराज घिमिरे ‘राष्ट्रिय सहकारी पुरस्कार–२०७८’  बाट सम्मानित 

शनिबार, असार १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । वरिष्ठ सहकारी अभियन्ता, राष्ट्रिय सहकारी बैंकका संस्थापक एवम् राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरे ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघ, नेपालले घिमिरेलाई उक्त सम्मान प्रदान गर्ने घोषणा ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा चैत २० गते गरेको थियो । महासंघले १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा उहाँलाई उक्त पुरस्कार बाट सम्मानित गरेको हो । प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ, सहकारी मन्त्रालयका सचिव रामप्रसाद थपलिया, विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित र महासंघका अध्यक्ष मिनराज कंडेलले खादा, माला र प्रमाणपत्रसहित पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरी सम्मानित गर्नुभएको थियो  ।

घिमिरेले मुलुकको सहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र