मंगलबार, वैशाख ४
०२:१९

जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्स अन्तर्गत मकवानपुर प्रथम समुहबीच असल सिकाई आदानप्रदान 

शनिबार, असार १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर । हेटौँडा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेफ्सकून र जिल्ला बचत संघ मकवानपुरको प्राबिधिक सहयोगमा कर्ब्स कार्यक्रम अन्तर्गत मकवानपुर प्रथम समूहको १० औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला असार १८ गते शनिवार सम्पन्न भएको छ । 

कार्यक्रमको सभाध्यक्षता हेटौडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतले गर्नु भएको थियो भने प्रमुख अतिथ्यता जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव  बिरेन्द्र ढुंगानाले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालय उपसमिति सदस्य तथा साइराम साकोसका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, जिल्ला बचत संघका प्रतिनिधि सुनिल भ्लोन, लेखा समिति संयोजक सुवोध रिमाल तथा ७ नं वडाको जनप्रतिनिधि शन्तुमाया पाख्रिन लगायत मकवानपुर कर्ब्स प्रथम समुहमा आबद्ध ९ साकोसका प्रतिनिधिहरु, आयोजक साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारीहरु गरी ४० जना सहभागी हुनुहुन्थ्यो ।  

सहभागी साकोस प्रतिनिधिहरुले संस्थाको वित्तीय अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो । कार्यक्रममा सहकारीको विभिन्न वित्तीय सुचकहरुमाथि विश्लेषण सहितको समीक्षा तथा सुझाव र आगामि ११ औ कार्यशाला श्री मञ्जुश्री साकोसले सञ्चालन गर्ने निर्णय गरिएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण