बिहीबार, वैशाख १३
०६:३१

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

बिहीबार, असार १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले यस आर्थिक बर्ष (आ.व. २०७८/०७९) को उत्कृष्ट सम्मान तथा पुरस्कारका लागि अभियान समक्ष बुधबार आवेदन माग गरेको छ ।

संघको श्रावण ३१ गते हुन गईरहेको ३५ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट सम्मान तथा पुरस्कारको घोषणा गरिने जनाएको छ । संघले प्रत्येक बर्ष सहकारी अभियानमा सक्रिय रही अभियानको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ एवम् बचत तथा ऋण सहकारी अभियानमा योगदान पुर्याइरहेका सहकारीकर्मीहरुलाई नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ ( संशोधन २०७८ समेत) ले तोके बमोजिम विभिन्न विधाहरुमा सम्मान तथा पुरस्कारको घोषणा गर्ने गर्दछ ।

नीतिमा तोकिएका विभिन्न विधाहरुमध्ये ७ विधाहरुको पुरस्कार आवेदनका लागि सम्बन्धित फारम संघको वेवसाईट www.nefscun.org.np मा राखिएको छ भने संघका सबै कार्यालयहरुबाट समेत प्राप्त गर्न सकिनेछ । उक्त आवेदन भरी २०७९ साल श्रावण १५ गते कार्यालय समयभित्र संघको पायक पर्ने कार्यालयमा आईपुग्ने गरी पठाउनुहुन वा संघको इमेल ठेगाना admin@nefscun.org.np मा पठाउन अनुरोध गरेको छ । पुरस्कार सम्बन्धी विधाहरु तल समेटिएको सूचनामा उल्लेखित छन् ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?