बिहीबार, असोज ४
०१:४४

सन् २०२२ को अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम 'Cooperatives Build a Better World'  

बुधबार, असार १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

एजेन्सी । विश्व सहकारी अभियानको सबैभन्दा महत्वपूर्ण दिन अन्तर्राष्ट्रिय सहकारी दिवसको यस वर्षको थिम 'Cooperatives Build a Better World'   (सहकारीले राम्रो विश्व निर्माण गर्छ) तय गरिएको छ । यस वर्षको ‘कोअप्स डे’ को थिम गत अप्रिल २९ मा  तय गरिएको घोषणा गरिएको थियो । 

सदस्य र समुदायको सहकार्य र सद्भावमार्फत विश्वलाई राम्रो ठाउँ बनाउन सहकारीको अनुपम योगदान रहेको उल्लेख गरिएको छ । सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् ।

विश्व सहकारी अभियानको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् २०२२ को अन्तर्राष्ट्रिय सहकारी दिवस (कोपप्स् डे) को थिम तय भएको जनाएको हो । विश्वभर प्रत्येक जुलाई महिनाको पहिलो शनिवार मनाईने कोपप्स् डे को यस वर्षको थिम 'Cooperatives Build a Better World'   (सहकारीले राम्रो विश्व निर्माण गर्छ) तय गरिएको हो । नेपाली क्यालेन्डर अनुसार यो वर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस असार १८ गते (जुलाई २, २०२२) मा परेको छ भने गत वर्ष असार १९ (३ जुलाई, २०२१) मा परेको थियो । गत वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘Rebuild Better Together’ (रिबिल्ड बेटर टुगेदर) तय गरिएको थियो । 

नेपालमा पनि सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले प्रत्येक बर्ष यसै दिन राष्ट्रिय सहकारी महासंघ दिवस मनाउने गर्दछ । १८ गते महासंघले २९ औं राष्ट्रिय सहकारी महासंघ दिवस र १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस एकसाथ विविध कार्यक्रमको आयोजना गरि मनाउँदैछ ।  

विश्व सहकारी अभियानले सन् १९२३ देखि कोपप्स् डे मनाउँदै आएको छ भने सन् १९९५ देखि अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आइसीए डे को थिम तय गर्दै आएका छन् । यसरी हेर्दा यो वर्ष १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस हो । सन् १९९२ मा आइसीए सदस्यहरु र सहकारी प्रवर्धन तथा विकास समिति (कोप्याक) सदस्यहरुको संयुक्त पहलका कारण संयुक्त राष्ट्र संघीय महासभाले सन् १९९५ को जुलाई महिनाको प्रथम शनिवारलाई आइसीए स्थापनाको १ सय वर्ष पूरा भएको दिनलाई अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र