बुधबार, वैशाख १२
०६:४६

‘बचत ऋण सहकारी अभियानका उदाहरणीय सफलता उजागर हुनुपर्छ’ 

शुक्रबार, जेठ २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विगत तीन वर्षदेखि कोभिड–१९ का कारण कमजोर भएको अर्थतन्त्र र त्यसैको मारमा परेका प्रारम्भिक संस्थाका शेयर सदस्य र जिल्ला संघहरुको अवस्थालाई सुदृढ र सबल बनाउँदै प्रविधि हस्तान्तरणलाई मुख्य एजेन्डा बनाएर सम्पन्न हुँदै गरेको चौंथो साकोस शिखर गोष्ठीले नेपालको साकोस अभियानमा प्राप्त भएका सफलताहरुलाई आम सरोकारवालाहरु माझ प्रस्तुत गर्न सक्नुपर्दछ ।

नेपालको सहकारी अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई हेर्दा परिस्कृत र रुपान्तरणलाई आत्मसाथ गरेको देखिन्छ । औपचारिक रुपमा भन्दा ६५ वर्षको यात्रामा ग्रामीण नागरिकको आर्थिक तथा सामाजिक परिवेशसँग केन्द्रीत भएर शुरुभएको सहकारी अभियानले व्यापकता पाएको छ । सीमित भूगोल, सीमित सदस्य र सीमित क्षेत्रबाट शुरुभएको सहकारीको कार्य क्षेत्र केही फराकिलो, सदस्य संख्यामा व्यापकता र विविधायुक्त व्यवसायमा सहकारी केन्द्रीत भएको देखिन्छ । सहकारी भित्रको रुपान्तरणको कुरा गर्दा प्रविधि केन्द्रीत सहकारीको सेवा नै महत्वपूर्ण छ । पराम्परागत हिसाब किताब र अभिलेखीकरणलाई पूर्ण रुपमा प्रविधिगत बनाउँदै जानु सहकारीको ऐतिहासिक सफलता हो । त्यतिमात्र होइन सय पचासको कारोबार करोडौंमा पुग्नु पनि अर्को सफलता हो । वास्तविक सदस्यको चासो र संलग्नतामा सञ्चालन भएका एकादुई बाहेकका सहकारीले आफ्नो क्षेत्रमा असल छवी निर्माण गरेका छन् । विगतमा सञ्चालक वा केही सञ्चालकले दैनिक तथा प्रशासनिक गतिविधि सञ्चालन गरेर व्यवसाय शुरु गरेका सहकारी आज अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान दिन सफल भएका छन् । त्यसले पनि प्रष्ट हुन्छ नेपालमा सहकारीले कारोबारीय मात्र होइन गुणस्तरीय र प्रतिस्पर्धात्मक सेवा दिन सफल भएका छन् ।

सहकारीलाई व्यवस्थित गर्न पहिलो पटक २०४८ सालमा जारी भएको सहकारी ऐनलाई आधार बनाएर ३० हजार भन्दा बढी विभिन्न उद्देश्यका सहकारी गठन भए । सोही ऐनका आधारमा जारी भएको नियमावली, मापदण्ड र निर्देशिकाका आधारमा सहकारी सञ्चालन भइरहँदा ऐनको केही लचकता र फितलो सरकारी नियमन संयन्त्रका कारण केही व्यक्तिहरुको समूहले सहकारीलाई अकुत सम्पत्ति आर्जन गर्ने माध्यम बनाए । शेयर सदस्यको पैसालाई आफू र आफ्नो परिवारको पैतृक सम्पत्ति जस्तो ठानेर जथाभावी लगानी र प्रचलित सहकारीको मर्म विपरित कारोबार सञ्चालन गरी दुरुपयोग मात्र गरेनन् शेयर सदस्यको शेयर तथा बचत फिर्ता गर्नै नसक्ने अवस्थामा पुर्याए । तीनै सहकारीका कारण आज कानुनको परिपालना र शेयर सदस्यको निगरानीमा सञ्चालन भएको सहकारीले पनि विश्वास गुमाउनु परेको छ । नेपालमा प्रचलनमा रहेका विविध उद्देश्यका सहकारी मध्ये बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई नै सहकारीका रुपमा चिनिन्छ । अन्य प्रकृतिका सहकारी मध्ये थोरै सहकारीले मात्र आफ्नो मूख्य उद्देश्य अनुसारको कारोबार गरेका छन् बाँकी सबै सहकारीको मूख्य कारोबार बचत तथा ऋण नै छ । त्यसले गर्दा पनि बचत तथा ऋण सहकारी कै बजारमा राम्रो तथा नराम्रो दुवै पहिचान स्थापित छ । प्रारम्भिक संस्थाहरुका आ–आफ्नै छाता संगठनहरु छन् । कति सक्रिय छन् भने कति नाम र भूमिकाका लागि मात्रै गठन गरिएको जस्तो देखिन्छ ।

नेतृत्व विकासदेखि प्रजातान्त्रिक अभ्यासका लागि सहकारीलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । 

बचत तथा ऋण सहकारी संस्थाको छाता संगठनका रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) केन्द्र, प्रदेश र जिल्ला स्तरमा समेत क्रियाशिल छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) ले ३४ औं वसन्त पार गर्दा आफ्ना प्रारम्भिक संस्थाको संस्थागत विकासदेखि अन्तर्राष्ट्रिय बजारमा साकोसको पहिचान स्थापित गर्न सफल भएको छ । प्रविधिमैत्री कारोबार र स्तरीय सेवाका लागि सरकारलाई आवश्यक परामर्शदेखि विश्वमा सहकारीको असल अभ्यासलाई प्रयोगमा ल्याउन नेफ्स्कूनको भूमिका महत्वपूर्ण छ । सहकारीका असल अभ्यसालाई सरोकारवाला बीच छलफल गराई कार्यान्वयनमा ल्याउन र कानूनी व्यवस्थाका लागि नेफ्स्कूनले राष्ट्रिय स्तरको अन्तरक्रिया, छलफल तथा गोष्ठीको आयोजना गर्दै आएको छ । सोही अनुसार साकोस शिखर गोष्ठीको अवधारणा अनुसार नेफ्स्कूनले चौथो साकोस शिखर गोष्ठीको आयोजना गर्नु आफैमा प्रशंसनीय छ । 

विगत तीन वर्षदेखि कोभिड–१९ का कारण कमजोर भएको अर्थतन्त्र र त्यसैको मारमा परेका प्रारम्भिक संस्थाका शेयर सदस्य र जिल्ला संघहरुको अवस्थालाई सुदृढ र सबल बनाउँदै प्रविधि हस्तान्तरणलाई मुख्य एजेन्डा बनाएर सम्पन्न हुँदै गरेको चौंथो साकोस शिखर गोष्ठीले नेपालको साकोस अभियानमा प्राप्त भएका सफलताहरुलाई आम सरोकारवालाहरु माझ प्रस्तुत गर्न सक्नुपर्दछ । नाम र संख्यामा मात्र होइन नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक वातावरणमा बचत तथा ऋण सहकारीको प्रभाव अनुकरणीय भएको कुरालाई विगत र वर्तमानमा देखिएको रुपान्तरणले प्रष्ट बनाउँछ । त्यसैले भाषण र कुरामा होइन ती कुरालाई प्रमाणका रुपमा प्रस्तुत गर्न सक्नुपर्छ । ५० पैसाको बचत, २५ रुपैयाँको दैनिक बचत र ५ हजारको ऋण लगानी, साना छिडींको कोठामा कार्यालय जस्ता विशेषताबाट अघि बढेको साकोस अभियानले प्राप्त गरेको सफलता नै श्रव्यदृश्यका रुपमा प्रस्तुत गर्दा प्रमाणित हुनेछ, साकोस अभियानको संस्थागत विकासको स्वरुप ।

प्रविधिमैत्री कारोबार र स्तरीय सेवाका लागि सरकारलाई आवश्यक परामर्शदेखि विश्वमा सहकारीको असल अभ्यासलाई प्रयोगमा ल्याउन नेफ्स्कूनको भूमिका महत्वपूर्ण छ । सहकारीका असल अभ्यसालाई सरोकारवाला बीच छलफल गराई कार्यान्वयनमा ल्याउन र कानूनी व्यवस्थाका लागि नेफ्स्कूनले राष्ट्रिय स्तरको अन्तरक्रिया, छलफल तथा गोष्ठीको आयोजना गर्दै आएको छ ।

नाङ्लामा कारोबार गर्ने शेयर सदस्य आज अब्बल व्यापारी भएका उदाहरण यत्रतत्र छन् । छोराछोरीको उच्च शिक्षामा सहकारीले पुर्याएको योगदान र समाजाम रहेको धनी र गरीब बीचको विभेधात्मक सम्बन्धलाई चिर्न सहकारी सफल भएको छ । सहकारी कै सहयोगमा गम्भीर रोगको उपचारबाट नयाँ जीवन पाएका घटना हुन वा ३०/४० हजारको सहयोगबाट सदस्य र सदस्यको परिवारले तत्कालिन उपचार पाएका घटनाहरु सफलताका उदाहरण हुन् । त्यतिमात्र होइन नेपालका नागरिकले पैसाको लेनदेन गर्ने अवसर नै सहकारीले जुटाएकोमा दुईमत छैन । साहुमहाजन र बैंक वित्तीय संस्थाको नजर त तिनै सामथ्र्य भएका व्यक्तिमा न थियो । तर आम नेपाली जहाँ सहकारी खुल्यो ती ठाउँमा पैसोको कारोबार गर्न त सहकारीले नै सिकाएको हो । सामान्य कारोबारबाट आज सफल उद्योगी व्यापारी भएका व्यक्तिहरुको सफलतामा सहकारीको योगदान छदैंछ तीनै कुराहरु हाम्रा सफलता हुन् । श्रम बजारमा अवसर नपाएर योग्य नागरिकको बैदेशिक मोह, प्राकृतिक विपद् तथा आर्थिक मन्दीका कारण रोजगारीका अवसर खोसिदै जाँदा आज जति श्रमको अवसर सहकारीले दिएको छ त्यो पनि महत्वपूर्ण छ । बैंक, वित्तीय संस्था जतिकै सेवासुविधा उपलब्ध गराएर सहकारीको सेवा नियमित गर्नु आफूमा चुनौतीपूर्ण छ र पनि दक्ष जनशक्तिको आकर्षण सहकारी बनेको छ । नेतृत्व विकासदेखि प्रजातान्त्रिक अभ्यासका लागि सहकारीलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । 

त्यसका अलवा अहिले अधिकांश सहकारीहरु प्रविधिमैत्री सेवाका लागि तयार भएका छन् । भरपर्दो, गुणस्तरीय र सरकार निर्देशित सफ्टवेर तथा विद्युतीय भुक्तानीका माध्यमहरु नहुँदा सहकारीहरु दुविधामा छन् । त्यतिमात्र होइन ठूलो लगानी प्रविधियुक्त सेवाका लागि खर्च पनि गरिरहेका छन् । सुरक्षित सफ्टवेर, मोबाइल बैंकिङ, क्युआर कोड, एटिएम सेवा, अन्तर सहकारी नगद कारोबारहरु सहकारीका लागि इमर्जिङ विषय हुन् । त्यसका लागि दक्ष कर्मचारी व्यवस्थापन र त्यागी सञ्चालक समिति अपरिहार्य शर्त हो । उद्यम केन्द्रित लगानी र बजारीकरणका लागि समन्वय सहकारीका लागि बहसको विषय हो । बचत तथा ऋण कारोबार गर्ने सहकारी वा वित्तीय कारोबार गर्ने संस्थाका रुपमा साकोस अभियानलाई कानुनी मान्यता दिन सरकारको ध्यानाकर्षण गराउँदै तीन तहको सरकारले लागू गरेको ऐन, नियमावली, नीति निर्देशन र अन्य कानुनको पालनामा साकोस अभियानलाई सक्षम बनाउन चौंथो साकोस शिखर गोष्ठी सक्षम हुनुपर्दछ । 

लेखकः हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि, दोलखाका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।  

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ