शुक्रबार, वैशाख १४
०१:३२

नेफ्स्कूनका सञ्चालक द्वय यज्ञ प्रसाद ढकाल मेयरमा र जनक खत्री वडाअध्यक्षमा निर्वाचित

बिहीबार, जेठ ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य यज्ञ प्रसाद ढकाल सुर्खेतको भेरीगंगा नगरपालिकाको प्रमुख (मेयर) पदमा निर्वाचित हुनुभएको छ । त्यसैगरी नेफ्स्कूनका सञ्चालक सदस्य जनक खत्री भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  

सुर्खेतको गंगामाला स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै नेफ्स्कूनमा लगातार दुई कार्यकाल सञ्चालकमा रहनुभएका ढकाल विगत लामो समयदेखि कर्णाली प्रदेशकै सहकारी अभियन्ताको रुपमा परिचित हुनुहुन्छ । 

चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा अध्यक्षमा विजयी खत्री भक्तपुरको सुडालस्थित सरसापट बचत तथा ऋण सहकारी संस्थाको निवर्तमान अध्यक्ष हुनुहुन्छ । नेफ्स्कूनको २०७६ पुस ६ गते सम्पन्न २८औं बार्षिक साधारणसभाबाट खत्री नेफ्स्कूनको सञ्चालकमा निर्वाचित हुनुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र