बुधबार, वैशाख १२
०५:४६

आगामी बजेटको प्राथमिकतामा सहकारीमार्फत सामूहिक कृषिखेती 

बुधबार, जेठ ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सरकारले कृषि क्षेत्रको विकासका लागि सहकारीमार्फत समूह निर्माण गरी जमिनको चक्लाबन्दी र सामूहिक खेती प्रणालीलाई प्राथमिकताको योजनामा राखेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा आर्थिक बर्ष २०७९/०८० को बजेटका सिद्धान्त र प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्दै कृषि क्षेत्रको विकासका लागि जमिनको चक्लाबन्दी गरी सहकारीमार्फत सामूहिक खेतीको योजना अगाडि सारिएको हो । संसदमा प्रस्तुत बजेटका प्राथमिकतामा उत्पादन बृद्धि र पूर्वाधार निर्माणलाई आर्थिक समृद्धिको आधार तय गरिएको छ । 

सरकारले कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न कृषि अनुसन्धान, मल, बिउ, तालिम, प्राविधिक सहयोग, वित्तीय साधनमा पहुँच अभिवृद्धि एवं कृषि सामग्री सहज रुपमा उपलब्ध गराउने, खेतियोग्य सबै जमिनको उपयोग गर्न भूमिगत तथा सतह सिंचाइ सुविधा विस्तार गर्ने प्राथमिकतामा उल्लेख गरेको छ । शिक्षित र वेरोजगार युवाहरुलाई उपयुक्त सीप तालिम प्रदान गरी व्यावसायिक र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादनशील क्षेत्रमा परिचालन गर्ने योजनालाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योग क्षेत्रको प्रवर्धन, स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरुको उत्पादन बृद्धि गरी निर्यात प्रवर्धन र आयात प्रतिस्थापनलाई जोड दिइने उल्लेख छ । 

https://www.mof.gov.np/site/publication-detail/3168

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र