शुक्रबार, वैशाख ७
०८:५३

कर्मचारीहरूका लागि टुगा आस्था विकासको डिजिटल सेवा तालिम 

मंगलबार, जेठ ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । टुगा आस्था विकास साकोस, ओमसतिया–१, रुपन्देहीको आयोजनामा कर्मचारीहरुका लागि डिजिटल सेवा प्रयोग सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको छ । कर्मचारीहरुलाई साकोसको डिजिटल सेवा प्रवाहमा अभ्यस्त बनाउन, प्राविधिक समस्या पहिचान र समाधानमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको साकोसले जनाएको छ । 

उच्चस्तरको मोबाइल एप प्रयोगमा ल्याएसँगै साकोसले सदस्यहरुलाई मोबाइल बैकिङ्गबाट वित्तीय कारोबार देखि सुझाव, सल्लाह र जिज्ञासा संकलन तथा सूचना प्रवाह गर्न सकिने बिधि बारे कर्मचारीलाई प्रशिक्षित गरिएको जनाएको छ ।  

हाल कुल सदस्यको ५६ प्रतिशत सदस्यहरु मोबाइल एपमा जोडिएकोले सस्था कै मोबाइल एप अप्रेसन प्रमुख आस्थाश्री सेवाकेन्द्र प्रवन्धक लक्ष्मण काउचाले सबै सहभागी कर्मचारीहरुलाई प्रयोगात्मक बिधिबाट प्रशिक्षण प्रदान गर्नुभएको थियो भने सहभागीबाट राखिएको प्राविधिक जिज्ञासा तथा थप नयाँ प्रविधि बारे मोबाइल एप प्रदायक संस्थाका प्रतिनिधि सुमित पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा साकोसका मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले सहभागी कर्मचारी सहपाठीहरुलाई सदस्यहरुलाई वित्तीय सेवा दिएर मात्रै सन्तुष्टि बनाउछु भन्ने अवधारणा पुरानो भएकोले प्रतिस्पर्धी वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न गुणस्तरीय सेवाको लागि व्यवसायिक कर्मचारी बन्नु पर्ने आवश्यकता औल्याउदै सदस्य सेवा व्यवस्थापन सम्वन्धी सीपमूलक अनुशिक्षण दिनुभएको थियो । 

कार्यक्रमको समापन सत्रमा बिशेष अतिथिको रुपमा उपस्थित संस्थाका अध्यक्ष डी.बि. थापाले सिकाइको कुनै सिमा नहुने भएकोले निरन्तर सिकाइको क्रममा साकोस अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । अहिलेको आधुनिक युगमा डिजिटल माध्यम अतिनै उपयुक्त रहेकोले सँगसँगै हिड्न सकिएन भने पछाडी परिने तर्फ इंगित गर्दै अध्यक्ष थापाले तालिमबाट प्राप्त सिकाइले आगामी दिनहरुमा साकोसका करिब ६ हजार भन्दा बढी सदस्यहरुमाझ प्रविधिमार्फत सहज वित्तीय सेवा उपलब्ध गराउन कर्मचारीहरु सक्षम बन्ने विश्वास व्यक्त गर्नुभयो । 

साकोसमा कार्यरत सबै १९ जना व्यवस्थापन कर्मचारी उपस्थित भएको कार्यक्रमको अध्यक्षता प्रमुख प्रवन्धक लक्ष्मण कुमार थापाको, स्वागत मन्तव्य सेवाकेन्द्र प्रवन्धक ऋषिराम घर्तिमगरको र कार्यक्रम संचालन सेवाकेन्द्र प्रवन्धक लक्ष्मण काउचाको रहेको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र