मंगलबार, वैशाख ११
०५:३०

वित्तीय स्थिरताका लागि तरलता व्यवस्थापन

बुधबार, वैशाख १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कुनै बस्तु तथा सेवा खरिदका निमित्त वा सम्पत्तिको आकार परिवर्तन गर्नका निमित्त आफूसँग भएको नगद वा २४ घण्टा भित्र नगदमा परिणत गर्न सकिने सम्पत्तिलाई तरलता भनिन्छ । सहकारी संस्थालाई वित्तीय रुपमा स्थिरता कायम राख्न तरलता ब्यवस्थापन गर्नु अति चुनौतिपूर्ण कार्य छ । सहकारीहरु मध्ये पनि वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुमा पैसाको खरिद बिक्रिको कारोवार हुने भएकोले त झनै तरलताको सन्तुलन कायम गरिरहनु पर्ने हुन्छ ।

पर्ल्स अनुगमन प्रणाली अनुसार कुल बचतको अनुपातमा १० प्रतिशत देखि २० प्रतिशत सम्म तरलता ब्यवस्थापन गर्न भनेता पनि संस्थाको छोटो अवधिको दायित्वहरु (Short term payables) को अवस्थाको आधारमा तरलताको ब्यवस्थापन गर्नुपर्ने हुन्छ । यदि केहि दिनमा Maturity  पुग्न लागेको मुद्दती बचत रहेछ भने उक्त रकम बाहिरिन सक्छ भन्ने मान्यताका साथ बढी तरलताको ब्यवस्थापन गर्नु पर्ने हुन्छ भने Maturity समय बढी रहेको अवस्थामा कम रकम भए पनि हुन सक्छ तसर्थ संस्थामा आगामी महिना भित्र सेयर रकम संकलन, बचत संकलन, ब्याज संकलन र अन्य आम्दानी कति होला, कति रकम खर्च भई बाहिर जान सक्ला ,संस्थामा Maturity पुग्न लागेका आवधिक बचतको रकम कति छ, तत्कालै भुक्तानी दिनु पर्ने दायित्व सम्बन्धी रकमहरु के कति छन् र कति रकमको आवश्यकता पर्ला भनि हरेक महिनाको Cash flow Analysis  गर्दै संस्थाको  दबाब परिक्षण ( stress test )  का आधारमा तरलताको ब्यवस्थापन गर्नु पर्ने हुन्छ । 

तरलता कमी र बढी दुवै संस्थाको लागि हानिकारक हुन्छ किनकी तरलता बढी भयो भने संस्थाको ऋण लगानीबाट आउने प्रतिफल सरह आउन सक्दैन र संस्थाको मुनाफामा क्षति हुन्छ भने तरलता कमी भएमा संस्थाले दायित्व भुक्तानी गर्न सक्दैन र जुनसुकै अवस्थामा पनि संस्था जोखिममा पर्न सक्दछ । नेपालमा धेरै ठूला ठूला कारोबार गर्ने र नाम चलेका सहकारीहरु तरलता ब्यवस्थापन गर्न नसकेको कारणले एकाएक जोखिममा परि संस्था नै बन्द भएका उदारहणहरु हामी बीच थुप्रै छन् । तसर्थ संस्थामा तरलताको ब्यवस्थापनमा सम्बन्धित पक्षले बिशेष ध्यान दिनु जरुरी हुन्छ । 

तरलताको कारणले ब्याजदर परिवर्तनमा समेत बिशेष भूमिका खेलिरहेको हुन्छ जस्तै गत बर्ष कोभिड–१९ का कारणले लगानी गर्न प्रतिकुल वातावरण भएको हुँदा ऋण मागमा कमी भई बैंक तथा वित्तीय संस्थाहरुमा over liquidity  हुँदा बजारमा ब्याजदर कमी हुन गयो भने हालको अवस्थामा liquidity crisis भई बजारमा ऋण माग बृद्धि हुँदा ब्याजदर अधिक भैरहेको छ । हामीले संस्थामा over liquidity हुँदाका बखत अधिकतम प्रतिफल उपलब्ध हुने ठाउँमा लगानी गर्न सकियो भने केही हदसम्म मुनाफामा बृद्धि गराउन सकिन्छ । जस्तै ३ महिने, ६ महिने मुद्दती बचत गर्ने, छाता संघहरुमा सेयर लगानी गर्ने आदि । यदि बढी तरलता भएको अवस्थामा रकम सही ठाउँमा लगाउन सकिएन भने संस्थामा आम्दानी कमी भई संस्थाका सेयर सदस्यहरुलाई उचित प्रतिफल दिन सकिदैन जसका कारण सदस्यले अन्य प्रतिस्पर्धी संस्था रोज्न सक्दछन् । तसर्थ वित्तीय कारोबार गर्ने संस्थाहरुमा वित्तीय स्थिरता राख्न तरलताको अवस्था सधैं सन्तुलनमा राखेर चलाउन सकियो भने मात्र संस्थाको लक्ष्य पुरा गर्ने गरि कार्यसम्पादन गर्न सकिन्छ । 
 

संस्थामा तरलता संकट किन आउँछ ?

१ नगद प्राप्ती र भुक्तानीको सन्तुलन नमिलेका कारण 
२. अधिक ऋण लगानी भएमा 
३. बस्तु तथा सेवाको मूल्य बृद्धिका कारणले
४. अनुत्पादक क्षेत्रमा लगानी भई असुलीमा समस्या भएका कारण
५. लगानी विकेन्द्रिकृत नभएमा तथा उत्पादित बस्तु तथा सेवाको बजार उतार चढाव हुँदा ऋण असुलीमा कठीनाइ भएमा
६. प्रतिस्पर्धी बीच अनावश्यक सौदावाजी भएमा
७.अनिश्चितता सम्बन्धी आइपर्ने प्रकोपहरुका कारण
८.संस्थाप्रतिको नकरात्मक प्रचार बाहिरीएका कारण

तरलता ब्यवस्थापन गर्ने केही उपायहरु

१.संस्थाबाट निक्षेप रकम बाहिर जाँदा कहाँ जाँदैछ र किन बाहिरिएको छ , चनाखो हुने,
२. तरलताको अवस्था हेरी अत्यावश्यक लगानी र खर्च मात्र गनर्,े 
३. तरलता कमी हुँदा स्थिर सम्पत्ति खरिद नगर्ने, 
४. नगद प्रवाहको पूर्वानुमान गर्ने,
५. संस्थाबाट भुक्तानी दिनुपर्ने दायित्वहरु सकेसम्म पछि धकेल्ने , 
६. ऋण लगानीका लागि हतार नगर्ने र ठूला भन्दा साना साना आकारको ऋण लगानी गर्ने 
७ .वैकल्पिक योजनाहरु तयार गर्ने (ब्यवसाय निरन्तर योजना - BCP बनाउने ) 
८. श्रोतको विविधिकरण गर्न बचतका फरक फरक उत्पादनहरुको निर्माण गर्ने 
९ ऋण उत्पादनको विविधिकरण गरि लगानी गर्ने 
१० लामो समय सम्म रहने बचतहरु मासिक बचतः बाल बचत जस्ता बचतहरुलाई नियमित गराउने
११ ऋण असुली मासिक रुपमा सतप्रतिशत गराउन प्रयत्न गर्ने
१२) संस्थाको पाउनु पर्ने सम्पत्तिहरुलाई सकेसम्म छिटो असुली गर्ने 

संस्थालाई वित्तीय रुपमा सुरक्षित र दिगो बनाइ राख्न तरलता ब्यवस्थापनले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । जसरी मानवीय शरिरमा रगत कमी वा बढी हुँदा शरिर अस्वस्थ रहन्छ त्यसै गरि संस्थामा तरलताको कमी वा बढीले संस्थाको वित्तीय स्वस्थतामा गडबढ गर्दछ । हामीले सधैं आवश्यकता अनुसारको तरलता कायम राख्न सकेमा मात्र वित्तीय रुपमा संस्था स्थिर रहिरहन्छ । तसर्थ संस्थाको वित्तीय स्वस्थता मापन गर्ने औजार PEARLS मा एक महत्वपूर्ण औजारको रुपमा Liquidity लाई लिने गरिन्छ ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ