शनिबार, वैशाख ८
०५:५५

ड्राइभ इन साधारण सभा !

बुधबार, भदौ ३१
रञ्जनमणि पौड्याल
saccosaawaj

काठमाडौं भदौ ३१ । कोभिड–१९ महामारीका बीच सुरक्षित, विश्वसनीय र प्रजातान्त्रिक तवरबाट वार्षिक साधारण सभा सञ्चालनका सम्बन्धमा विश्वभर छलफल चलिरहेका छन् । आपतले अवसरको जन्म दिन्छ भनेझै विभिन्न उपायहरुको खोजी भैरहेको छ । आपतमा धैर्यपूर्वक गरिने चिन्तनले नवीन सृजनाको जन्म दिन्छ ।

भारतमा इफ्कोले भर्चुअल र भौतिक विधिको मिश्रण हाइब्रिड तरिकाबाट साधारण सभा सम्पन्न गरेको छ । “आउटसाइड द बक्स” खालका अभ्यासहरु जन्म हुँदै छन् । जे भएपनि समय सुहाउँदो र व्यावहारिक विधिहरु अवलम्बन गर्नुपर्ने देखिन्छ । नेपालको सन्दर्भमा सम्भव नभएपनि अमेरिकास्थित एक सहकारीले अनौठो तरिकाले साधारण सभा सम्पन्न गरेको छ । 

ड्राइभ इन साधारण सभा
अमेरिका, बेलायत लगायतका राष्ट्रमा बर्षौ पहिलो ड्राइभ इन मुभिज्को प्रचलन थियो । यसको अर्थ चलचित्र हेर्नेहरु आ–आफ्नो गाडीमा निर्धारित खुला चौरमा जान्छन् । त्यहाँ ठूलो स्क्रिनमा चलचित्र देखाइन्छ । दर्शकहरु गाडी भित्रैबाट चलचित्रको मनोरन्जन लिन्छन् । भौतिक दूरी र रोग संक्रमणको सम्भावना एकदम न्यून हुन्छ । चलचित्रको मनोरन्जन प्रयोजनका लागि प्रयोग गर्ने गरिएको यो विधि कोभिड संक्रमणको समयमा सहकारीहरुले पनि प्रयोग गरेका छन् । 

गत अप्रिलमा अमेरिकाको रिचमन्ड इलेक्ट्रिक कोअपरेटिभले आफ्नो वार्षिक साधारण सभा यसैगरी आफ्नो सेवा केन्द्रको गाडी पार्किङ् स्थलमा सम्पन्न गरेको छ । सदस्यहरुलाई बैठक अवधिभर गाडीमै बस्न आग्रह गरिएको थियो । कारको रेडियोमा नजिकै मञ्चमा भैरहेको साधारण सभाका गतिविधिहरु प्रत्यक्ष सुन्ने र सहभागी हुने व्यवस्था मिलाइएको थियो । रोचक कुरा त के छ भने साधारण सभामा मतदान कार्य हर्न बजाएर गरिएको थियो । पक्षमा मतदान गर्नेहरुले छोटो अवधि र मसिनो आवाजको हर्न बजाउने र विपक्षमा भोट हाल्नेहरुले लामो अवधि र कर्कश आवाजको हर्न बजाउने । 

उक्त सहकारीकी प्रमुख वित्त अधिकृत एमी मार्टिनले  सदस्यहरु सबै गाडीमै बसेपनि उनीहरुसँगै बस्ने र प्रत्यक्ष कुरा गर्न नपाउँदा अनौठो लागेको बताइन् । यद्यपि, झ्यालबाट सबै सदस्यहरु मुस्कुराइरहेको देख्दा आन्नद लाग्यो । भर्चुअल विधिबाट नजिकै प्रत्यक्ष प्रशारित साधारण सभाका गतिविधिमा नजिकै कारभित्र बाट बसेर सहभागी हुन पाउँदा सदस्यहरु खुसी भएको मार्टिनले बताइन् ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।