शनिबार, वैशाख ८
०८:५९

पोखरा रोयल र चन्द्रागिरी साकोसबीच भगिनी सम्बन्ध स्थापित

सोमबार, भदौ २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, २९ भदौ । वित्तीय सहकारीका दुई अग्रणी संस्था पोखरा रोयल तथा चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच भगिनी सम्बन्ध स्थापित भएको छ । काठमाडौं र कास्कीका दुई बचत तथा ऋण सहकारी संस्थाबीच औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित गर्ने आज सहमति भएको हो । पोखरा रोयल साकोसका अध्यक्ष तुलसी प्रसाद गुरुङ र चन्द्रागिरी साकोसका अध्यक्ष शिवशंकर मानन्धरले जुम बैठक मार्फत दुवै संस्थाको भगिनी सम्बन्ध स्थापनाको घोषणा गर्नुभएको हो । जुम प्रविधिमार्फत दुवै संस्थाका सञ्चालक समित, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीहरु गरी ३५ जनाको सहभागिता रहेको परिचयात्मक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो । कार्यक्रममा पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृतद्वय भीमबहादुर गुरुङ र कृष्णकुमार श्रेष्ठले आ–आफ्नो संस्थाको वर्तमान अवस्था र कोभिड १९ को महामारीमा  सदस्यहरुलाई प्रदान गरेको सेवा तथा अवलम्बन गरिएका असल अभ्यासका बारेमा अनुभव आदानप्रदान गर्नुभएको थियो ।

 

 

 

 

 

दुवै संस्थाको बिकास क्रम, कार्यक्षेत्रको वस्तुस्थिति, उपलब्ध वस्तु तथा सेवा र सहकारी अभियान तथा समुदायको विकास प्रतिको दृष्टिकोणमा समानता रहेकोले भगिनी सम्बन्ध कायम गरेको दुवै संस्थाका अध्यक्षहरुले बताउनुभयो । कार्यक्रममा पोखरा रोयल साकोसका मुख्य प्रवन्धक मीलन ढकालले अन्तर सहकारी सम्बन्ध र सहकार्यको संस्कार स्थापित गर्न, कार्य सञ्चालनमा व्यावसायिकता तथा नीति, विधि र प्रविधिको अभ्यासमा एकरुपता कायम गर्न, गुणस्तरीय  सेवालाई प्राथमिकता प्रदान गर्दै ब्राण्डिङ्गमा समेत एकरुपता कायम गर्न र असल अभ्यास तथा अनुभवहरुको नियमित आदानप्रदानको  उद्देश्यले नयाँ सम्बन्ध स्थापित गरिएको जानकारी गराउनुभयो । 

भगिनी सम्बन्धलाई व्यवस्थित बनाउन दुवै संस्थाका प्रतिनिधि सम्मिलित PCRT (Pokhara Chandragiri Rapport Team) गठन गरिएको छ । जसमा पोखरा रोयस साकोसबाट अध्यक्षतुलसी प्रसाद गुरुङ, प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र मूख्य प्रवन्धक मीलनढकाल तथा चन्द्रागिरी साकोसबाट अध्यक्ष शिवशंकर मानन्धर, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठर वरिष्ठ अधिकृत सुमित्रा त्रिपाठी रहनुभएको छ । 

दुवै सहकारीहरु समुदायमा आधारित रहेर कार्य गरि रहेका छन् । पोखरा रोयल साकोस २०५९ सालमा २८ जना सदस्यहरुबाट स्थापित भई कास्की, स्याङ्जा, तनहुँ र लमजुङ् जल्ला कार्यक्षेत्र लिई पोखराको बुद्धचोकमा प्रधान कार्यालय र तनहुँको दुलेगौडा, कास्कीको भण्डारढिक र मोहरियामा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । हाल संस्थामा ७६०४ शेयर सदस्य र४२ कर्मचारी छन् । त्यसरी नै संस्थाको चुक्ता शेयर पुँजी १७ करोड ४१ लाख, जगेडा कोष १० करोड ४४ लाख, कुल वासलात १ अर्व ८६ करोड पुगेको छ । संस्थाले एटिएम सेवा, रोयल स्मार्ट बैकिङ्ग. र एसएमएस बैकिङ्गमार्फत सेवा प्रदान गरि रहेको छ भने हाल संस्था नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय गुणस्तरता कार्यक्रम प्रोवेशनमा आबद्ध छ । त्यस्तै, २०५८ सालमा स्थानीय २५ जना सदस्यबाट स्थापित समुदायमा आधारित चन्द्रागिरी साकोसले हाल काठमाडौ र ललितपुर जिल्ला कार्यक्षेत्र बनाएको छ । काठमाडौको चन्द्रागिरी न.पा.को थानकोट महादेवस्थानमा प्रधान कार्यालय रहेको उक्त संस्थाले लगनखेल र दहचोक सेवा केन्द्रको स्विकृतिप्राप्त गरिसकेकोले ती स्थानमा कार्यालय सञ्चालनको तयारीमा रहेको छ । संस्थामा हाल ३४ कर्मचारी र १०८७५ शेयर सदस्य छन् । १० करोड ६४ लाख चुक्ता शेयर पुँजी रहेको संस्थामा जगेडा कोष ६ करोड ८३ लाख, कुल वासलात २ अर्व १० करोड छ । संस्थाले स्मार्ट बैकिङ्ग र एसएमएस बैकिङ्गमार्फत सेवाप्रदान गरिरहेको छ भने एटीएम सेवा सञ्चालनको तयारीमा छ । नेफ्स्कूनद्धारा प्राविधिक सहयोग उपलब्ध गराइएको एशियास्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेसमा सहभागी छ । संस्थाले चन्द्रागिरी एम्बुलेन्स र चन्द्रागिरी यातायातमार्फत सदस्यहरुलाई बसभाडा छुटको कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण