बुधबार, वैशाख १२
१२:५९

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको नारा: “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता”  

शुक्रबार, फागुन २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

“सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता”

यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता” भन्ने राष्ट्रिय नारा तय गरेको छ । २०७८ साल फागुन २४ गते मंगलबार (८ मार्च, २०२२) ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि साझा अभियानका रुपमा मनाइदै छ । महिलाहरुको आर्थिक सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उद्देश्यसहित मन्त्रालयले राष्ट्रिय नारा सार्वजनिक गरेको हो । 

अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरुकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । महिला दिवस विश्व इतिहासमै राजनीतिक मुद्दाबाट शुरु भएको पाईएपनि हाल महिला अधिकार, सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरुमा अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरु केन्द्रित हुने गरेका छन् । यो दिवस सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । 

मन्त्रालयले संघीय सरकारका सबै निकायहरु, ७ वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु, नागरिक समाज, सामाजिक शैक्षिक तथा निजी संघसंस्थाहरु तथा सबै सरोकारवाला निकायहरुलाई “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता” भन्ने राष्ट्रिय नाराका साथ भव्य, सभ्य र व्यवस्थित रुपले मनाउन आव्हान गरेको छ । 

यस बर्ष संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय महिला दिवसको थिम “Gender equality today for a sustainable tomorrow”  घोषणा गरेको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?