शनिबार, वैशाख ८
०३:३६

महिला प्रयासको आयोजनामा जोखिममा आधारित साकोस सुपरीवेक्षण-कर्ब्स कार्यशाला सम्पन्न

बुधबार, फागुन १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौंको धुम्बाराहीस्थित महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा १९औं कार्यकुशलता तथा सिकाई व्यवस्थपन कार्यशाला फागुन १६ गते सम्पन्न भएको छ । नेफ्स्कूनले सञ्चालनमा ल्याएको जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध काठमाडौंका १० साकोसहरुबीच कुशल सिकाई आदान प्रदान गरिएको हो ।

आयोजक साकोसकी अध्यक्ष विनिता अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यशाला नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । प्रमुख अतिथि पनेरुले कर्ब्स साकोसको जोखिम सुपरीवेक्षण गर्ने कार्यक्रम भएकोले यसका सूचक पुरा गरी नीति, विधि र प्रविधिमा काम गर्ने संस्थाको गुणस्तरको मापन सन्तोषजनक रहने विचार राख्नुभयो । कर्ब्स कार्यक्रमले स्वनियमनमा बस्न, स्वमूल्यांकन गर्न सहयोग पुर्याउने बताउँदै उहाँले कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैलाई अनुरोध गर्नुभयो । 

कार्यक्रम नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी साकोस प्रतिनिधिहरुले आआफ्ना संस्थागत प्रस्तुतीहरु राख्नुभएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण