सहकारी विभागको पछिल्लो तथ्याङ्क अनुसार आज नेपालभर कुल सहकारीको संख्या २९,८८६ रहेको छ । यी सहकारी संघ संस्थाहरुमा करिव ८८,३०९ कर्मचारी प्रत्यक्ष रोजगारीमा जोडिएका छन ।
सहकारी संघ संस्थाहरुको अवस्थालाई हेर्दा आमरुपमा प्रवर्धन र जागरणकै अवस्थामा रहेका छन । कतिपय सहकारीहरु विकासको चरणमा प्रवेश गरेका छन । सदस्यता बृद्धि, सेयर पुँजी बृद्धि, बचत निक्षेप बृद्धि र ऋण लगानीमा बृद्धि गरी सहकारीहरु स्वयंसेवीहरुकै योगदानबाट चलिरहेका छन् । त्यस्ता सहकारीहरुले न्यून सुविधा प्रदान गरेर आंशिक कर्मचारीहरुको व्यवस्था गरी संघ संस्था चलाइरहेका हुन्छन ।
अर्का थरी सहकारी संघ संस्थाहरु विकासको चरणवाट अगाडि बढि व्यवसायिकता तर्फ उन्मुख हुँदै छन् । कार्यालय व्यवस्थापन नीति तथा योजना निमार्ण, कर्मचारी व्यवस्थापनलाई ध्यान दिइ अगाडि बढेको पाईन्छ ।
यद्यपि कर्मचारीको वृत्ति विकासमा विशेष ध्यान नदिँदा सहकारी क्षेत्रमा कर्मचारीले आफ्नो भविष्य देख्न सकेको अवस्था छैन । त्यसैले व्यवसायिकरण र गुणस्तर कायम भइसकेका सहकारीहरुवाट समेत अन्य बैँक तथा वित्तीय संस्थामा जानेक्रम उच्च रहेको छ । यहाँ प्रश्न उठेको छ कसरी सहकारीका कर्मचारीहरुको वहिर्गमनलाई रोक्न सकिएला ?
सहकारीमा काम गर्ने कर्मचारीहरु स्वभाविक रुपमा शैक्षिक प्रतिष्ठानहरुमा अध्ययन गरी प्रमाण पत्र हातमा लिएर सहकारीहरुमा प्रवेश गर्छन् । सहकारीमा प्रवेश गरेर कामको प्रारम्भ गर्दा सहकारी उसको पहिलो विद्यालय हुन्छ । किनकी सहकारी सम्वन्धी ज्ञान तथा सीपको पढाई पूर्ण रुपमा कतै भएको हुदैँन । व्यवहारिक रुपमा पहिलो सिकाई सहकारीमा काम सँगसँगै हुन्छ । कतिपय ठाँउमा उच्च शिक्षा हासिल गरेको छ तर तल्लो दर्जामा काम गरिरहेको छ । अर्कोतिर कम योग्यता छ तर क्षमताको आधारमा माथिल्लो पदमा समेत काम लगाइएको छ । स्थिति जे भए पनि पद र श्रेणी अनुसार कर्मचारीले आफ्नो योग्यता मात्र होइन क्षमता विकास समेत गर्नु आवश्यक छ । जसको कार्यविवरण जे छ त्यो अनुसार उसले आफ्नो ज्ञान, सीप र क्षमता विकास गर्नै पर्छ ।
कर्मचारी आफ्नो ज्ञान, सीप र क्षमताको विकास दुई प्रकारले गर्न आवश्यक छ ।
सहकारीमा कार्यरत कर्मचारीले आधारभूत रुपमा पहिलो शर्तमा सहकारी अवधारणा, यसको दार्शनिक पक्ष, मूल्य, मान्यता र सिद्धान्त, विकासको चरण, सहकारीको वर्गिकरण, सहकारी गठनको मुख्य उद्देश्य, सहकारी र अन्य व्यवसाय विचको भेद, आधारभूत लेखाप्रणाली कम्युटरको आधारभूत ज्ञान, वित्तीय साक्षरता, वित्तीय परामर्शको ज्ञान, सहकारीको संगठनात्मक स्वरुप, आफ्नो जिम्मेवारी अनुसारका कार्यहरु आदि उच्चस्तरको क्षमतामा आफ्नो पद अनुसारका कार्यमा दक्षता तथा दखल प्राप्त गर्नु पर्छ । व्यवस्थापकले सहकारीको समग्र व्यवस्थापनको ज्ञान, सीप तथा दक्षता, सहकारीको आन्तरिक नियन्त्रण प्रणाली, अनुगमन तथा मूल्यांकन प्रणाली, कार्यालय व्यवस्थापन समन्वयको भूमिका , योजना तथा नीति निमार्ण र कार्यान्वयन उत्पादन तथा सेवाको विकास, वित्तीय विश्लेषण, वित्तीय व्यवस्थापन, प्रतिवेदन तयारी प्रेरणाको कार्यन्वयनको क्षमता र समग्रमा संस्थाको नेतृत्व प्रदान गर्न सक्ने क्षमताको विकास गर्नसक्नु पर्छ ।
त्यस्तै उच्च अभिलेख व्यवस्थापन रणनीति निर्धारण, सूचना तथा सञ्चार व्यवस्थापन, साधारणसभा तथा बैठक व्यवस्थापन तथा सञ्चालन, जोखिम विश्लेषण तथा न्यूनिकरण, कार्य विभाजन, मानव संशाधन व्यवस्थापन, लेखा व्यवस्थापन, व्याजदर निर्धारण तथा वजेट निर्माण आदि जान्न आवश्यक छ । त्यस्तै ऋण सम्बन्धी काम गर्न कर्मचारीहरुले कागजातको विकास तथा व्यवस्थापन, ऋण परामर्श, ऋण अनुसन्धान, ऋण फाइलको निर्माण तथा अध्ययन, लेखा प्रणली, उत्पादन तथा सेवाको पूर्ण ज्ञान, ऋण अभिलेखको तयारी, ऋण शिक्षा धितो मूल्याङन, ऋणको सिफारिस, ऋणको कानुनी व्यवस्था, ऋणको सिमा, किस्ता समयावधि, व्याजदर, हर्जना व्यवस्था, ऋण असुली, ऋण अद्यावधिक, भाखा नाघेको ऋण व्यवस्थापन, ऋणको सुरक्षण, पर्ल्स अनुगमन प्रणाली, ऋण नीतिको ज्ञान ऋणको बजारीकरण, धितो लिलाम प्रक्रिया र ऋणको अनुगमन आदि ।
त्यस्तै बचत सम्वन्धी काम गर्ने कर्मचारीले बचतका उत्पादन तथा सेवाको ज्ञान, बचतका ब्याजदरहरु, उत्पादन तथा सेवाको बजारीकरण, बचत बृद्धिको योजना वित्तीय साक्षरता, बचत विश्लेषण तरलता व्यवस्थापन, बचत फिर्ता, योजना र विश्लेषण, बचतका उपकरण र बजार सामग्री निर्माण, बचतको सुरक्षा, बचतको उत्पादन तथा सेवाको विकास त्यस्तै लेखा सम्वन्धी काम गर्ने कर्मचारीले लेखा व्यवस्थापन, विल, भरपाई तथा भौचर व्यवस्थापन, सफ्टवेयर सञ्चालन, आर्थिक प्रतिवेदन तयार, खाता व्यवस्थापन, दैनिक प्रविष्टि, वित्तीय विश्लेषण, ब्याजदरको विश्लेषण, फरकता दर तथा सटहीदर, खरिद बिक्रि योजना, बाह्य ऋणको आवश्यकता र विश्लेषण, आर्थिक प्रशासन नीतिको पूर्ण ज्ञान तथा कार्यान्वयन, बजेटको नियन्त्रण, योजना तथा बजेटको पूर्ण ज्ञान, रकम विकास तथा खर्चको नियन्त्रण आदि ।
कार्यक्रममा काम गर्ने कर्मचारीले कार्यक्रम आयोजना तथा सञ्चालन, भेला, गोष्ठी, सेमिनार, तालिमको योजना, समन्वय, सर्हकार्य र सम्बद्धता सम्वन्धी ज्ञान, प्रस्ताव लेखन, सम्झौता सदस्यता बृद्धिको योजना र रणनीति निर्माण र सहभागिता योजना आदि ।
नगदमा काम गर्ने कर्मचारीले नगद व्यवस्थापन, नगदको सुरक्षा, नगदको निकासा, नगद गन्ती, फर्जिनोटको पहिचान, नगदको आवश्यकता, तरलताको अवस्थाको पूर्ण ज्ञान हुनु आवश्यक छ ।
सूचना र सञ्चारमा काम गर्ने कर्मचारीले प्रतिवेदन प्रकाशन, वित्तीय सूचनाको प्रबन्ध, सामाजिक सञ्जाल, वेभसाइटको विकास अद्यावद्यिक, मेल इमेलको प्रबन्ध तथा सञ्चालन, कार्यक्रम उत्पादन तथा प्रशारण, बुलेटिन प्रकाशन, नेट इन्टरनेटको प्रबन्ध, डकुमेन्ट्री निर्माण, फोटोहरुको प्रबन्ध संकंलन तथा प्रदर्शन, प्रविधिको विकास, प्रविधिको उपयोग आदि बारे ज्ञान, तथा सीप हुनु आवश्यक छ ।
यसरी प्रत्येक कर्मचारीहरु अध्ययनशील तथा चिन्तनशील हुदैँ आफ्नो क्षमता विकासमा विशेष ध्यान पुर्याउनुपर्दछ ।
कर्मचारीहरुको क्षमता विकास गर्न संस्थाले योजनाका साथ अगाडि बढ्नुपर्छ । कर्मचारी क्षमता विकासका लागि बिशेष बजेटले संम्बोधन गर्न सक्नुपर्छ । कर्मचारीको पदीय हैसियत अनुसार विशेष तालिम योजना बनाई आवश्यकता अनुसार तालिमको आयोजना तथा सहभागिता गराउनु पर्छ ।
यसरी कर्मचारीहरुलाई समय सापेक्ष संस्थाको आवश्यकता अनुसार अनवरत तालिम तथा शिक्षा दिइराख्नुपर्छ । आवश्यकता अनुसार गोष्ठी, भेला, अन्तरक्रियामा समावेश गर्दै जानुपर्छ । उत्तम अभ्यासहरुको आन्तरिकीकरण गर्न अन्तर्राष्ट्रिय अवलोकन भ्रमणमा समावेश गराउनु पर्छ । कर्मचारीको क्षमता विकासका लागि योजनावद्ध लाग्नुपर्छ ।
प्रत्येक कर्मचारीलाई उसले के काम गर्ने भन्ने बारेमा लिखित रुपमा कार्य विवरण दिनु आवश्यक छ । व्यवस्थापकलाई सञ्चालकले र अन्य कर्मचारीलाई व्यवस्थापकले प्रत्येक आ.व.समाप्त भएको ७ दिन भित्र वा जिम्मेवारी हेरफेर भएको अवस्थामा लिखित कार्यविवरण अनुसार प्रत्येक कर्मचारीले संस्थामा व्यवसाय गर्नुपर्दछ । व्यवसाय भन्नाले संस्थामा आइ स्वतःस्र्फूत कारोवार गर्ने भन्दा पनि कति जना आम समुदायका मान्छेलाई सम्पर्क गरी सदस्यता बढाउन सकियो ? कति जना सदस्यलाई सम्पर्क गरी बचत बढाइयो ? कति जना सदस्यलाई चित्त बुझाएर ऋण लगानी गरियो । भाखा नाघेका ऋणलाई कति प्रयास गरेर असुली गरियो ? त्यो नै व्यवसाय हो । हरेक कर्मचारीले संस्थामा लक्ष्य प्राप्तिका लागि व्यवसाय गर्न सकेमा संस्थामा बृद्धि र विकास तीब्र रुपमा हुनजान्छ ।
कर्मचारी सहकारी संस्थाको महत्वपूर्ण सरोकारवाला अङ्ग हो । उसको स्वाथ्य, सेवा र सुविधामा निहित हुन्छ । उ सधैँ भरी सन्तुष्टी चाहन्छ । उसले आफ्नो सेवामा भविष्य देख्न सक्नुपर्छ ।
कर्मचारीले सधैँ ध्यान दिनु पर्ने कुरा के हो भने काम प्रतिको जिम्मेवारी । निष्ठापूवर्क काम गर्ने कर्मचारीले सेवा र सुविधाको अपेक्षा गर्नु स्वभाविक हो । योग्य तथा सन्तुष्ट कर्मचारी भएमा मात्र संस्थाको विकास सम्भव छ भन्ने बुझ्नु पर्छ ।
संस्थाले काम अनुसारको दाम दिन कर्मचारी उत्पादकत्व १ः५०० बनाउन सक्नुपर्छ । अर्थात एक जना सदस्य बराबर ५०० पर्ने गरी व्यवस्थापन गर्न सकेमा र १ जना कर्मचारी बराबर २ करोड शुद्ध ऋण लगानी हुन सकेमा कर्मचारीको सेवा सुविधा राम्रो सँग दिन सकिन्छ ।
कर्मचारीलाई सेवा सुविधा प्रदान गर्न औसत कुल सम्पत्तीको अनुपातमा सञ्चालन खर्च ५ प्रतिशत भन्दा कम र ३ प्रतिशत भन्दा बढी गरी कुल सञ्चालन खर्चको कम्तीमा ५० प्रतिशत कर्मचारी सेवा सुविधामा छुट्याई बितरण गर्दा बढी वैज्ञानिक हुनजान्छ । यसरी सञ्चालन खर्च योजना बनाई कर्मचारी सेवा सुविधा वितरण गर्दा पद र श्रेणी अनुसार विभाजन गरी दिन सके संस्थाको क्षमता अनुसार सेवा सुविधा प्रदान गर्न सकिन्छ ।
कर्मचारीको वृत्ति विकास गर्न संस्थाले मानव श्रोत विकास विधिको निमार्ण गर्नुपर्छ । जसका लागि मानव संशाधन नीति बनाउनु पर्छ । कर्मचारीलाई सृजनशील, जागरुक, उत्साहित, दक्ष र क्षमता विकास गर्न समेत नीतिको आवश्यक पदर्छ । कर्मचारीलाई दिइने सेवा सुविधा शर्तहरुको स्पष्ट खाका भएमा मात्र संस्थामा कर्मचारीले आफ्नो भविष्य देख्दछ । स्थायी प्रक्रियामा तलब सुविधा, सञ्चय कोष, उपदान, ग्रेड, औषधी उपचार, घरविदा, दुर्घटना विमा, पर्व खर्च, पोशाक खर्च, विदा सुविधा र बढुवा प्रक्रिया आदि ।
कर्मचारीहरुलाई जिम्मेवारी र उत्तरदायी बनाउन व्यावसायिक वनाउनै पदर्छ । नीति निर्माण गर्ने तह र सञ्चालक र कार्यन्वयन गर्ने तह कर्मचारी हो भन्ने कुरा संस्थामा स्थापित गर्न सक्नु पदर्छ । सञ्चालक समितिको कर्मचारी व्यवस्थापक र व्यवस्थापकको कर्मचारी अन्य कर्मचारी हो भन्ने मान्यता संस्थामा स्थापित गर्न सक्नुपर्छ ।
सञ्चालक र व्यवस्थापन विचको सम्वन्धलाई संस्था भित्र बुझाइमा एकरुपता कायम गर्न सके संस्था स्वतःस्र्फूत रुपमा सञ्चालन हुनसक्छ । सञ्चालक भनेको Effectiveness अर्थात Doing right things असल भावमा र असल नियतले काम गर्ने भन्ने बुझिन्छ ।
व्यवस्थापन भन्नाले Efficiency अर्थात Doing right things प्रविधि र सीपद्वारा काम गर्ने भन्ने बुझिन्छ ।
व्यवस्थापनले सञ्चालकसँग लक्ष्य, स्वच्छ र इमान्दार मूल्यांकन; सहयोग र विश्वास, स्रोत, स्पष्ट नीति, योजना र लक्ष्य, आवश्यकता अनुसार पहुँच, कर्मचारीसँग प्रत्यक्ष सम्बन्ध नराख्ने अपेक्षा गर्दछ । त्यस्तै सञ्चालकले पनि व्यवस्थापनवाट संस्थाको बारे सवैको वोलीमा एउटै आवाज होस, परीमाणमुखी कार्य होस ! संस्थाको सम्पूृर्ण काम सवैले देख्न सकून । कामको वारेमा दुविधा नहोस् । योजना तथा बजेटको कार्यन्वयन समयमा होस् । यसरी सञ्चालकले अपेक्षा गरेको परिकल्पना पुरा गर्ने दिशामा सम्पूर्ण व्यवस्थापन दत्त चित्त भएर लागि परुन । यो अपेक्षा पुरा हुन सके कर्मचारीको वृत्ति विकासमा सायद द्विविधा उत्पन्न हुदैँन ।
६. कार्यकुशलताको मूल्यांकन
प्रत्येक कर्मचारीलाई दिएको जिम्मेवारी पुरा भयो वा भएन भनेर उसको कार्य कुशलताको मूल्यांकन आवश्यक छ । त्यसको लागि प्रत्येक कर्मचारीको कार्यसम्पादन मूल्यांकन बार्षिक रुपमा गर्नुपर्छ ।कार्यकुशलताको मूल्यांकनले आशातित उपलव्धीको लेखाजोखा गर्ने, कर्मचारीलाई उत्प्रेरित गर्ने, औपचारिक अनौपचारिक पृष्ठपोषण गर्ने काम गर्दछ ।
कार्यसम्पादन मूल्यांकनको आधारमा कार्य विवरण अनुसारको काम, दिएको जिम्मेवारीको लक्ष्य र उपलब्धीको स्थितिबाट गर्नुपर्छ ।
यसैको आधारमा कामको जिम्मेवारी पदोन्नति, सरुवा, अवसर र सुविधा वृद्धि गर्ने आधार वनाउन आवश्यक छ ।
अन्त्यमा कर्मचारीको वर्तमान अवस्थालाई व्यवस्थित गर्दे अझ उन्नत बनाउन काम प्रति सजगता, ज्ञान र सीपको विकास, प्रतिष्पर्धात्मक पारिश्रमिक, श्रम ऐनको पालना, समय सापेक्ष सेवा सुविधा दिदैँ जानुपर्छ । नत्र पारिश्रमिक व्यवस्थापन कमजोर, सन्तुष्ट तहमा ह्रास, तीब्र बहिर्गमन, काम प्रतिको आकर्षणमा कमी, नैतिक आचारण कमजोर र कार्यकुशलतामा प्रश्न चिन्ह खडा हुन्छ ।
यसरी कर्मचारीहरुको वर्तमान अवस्थालाई माथि उठाउन उनीहरुको अपेक्षालाई सहकारीहरुले उठाउन सक्नुपर्छ । कर्मचारीहरुले समेत आफ्नो योग्यता, सीप र दक्षतालाई उच्च राख्दै कार्य सम्पादन गर्न सके सहकारी संस्थाहरुको दीगो विकासमा महत्वपूर्ण योगदान पुग्न सक्छ ।