बिहीबार, वैशाख १३
०६:२०

बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण  

मंगलबार, माघ ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । विराटनगर महानगरपालिका वडा नम्बर ८ मुख्य कार्यालय रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. र कटहरी गाउँपालिका वडा नम्बर २ स्थित तरकारी उत्पादक कृषि सहकारी संस्था लि. बीच एकीकरण भएको छ । दुई भिन्न प्रकृतिका सहकारीहरुबीच यही माघ ९ गते एकीकरण कार्य सम्पन्न भई प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सुनसरीबाट संस्था एकीकरण प्रमाणपत्र समेत प्राप्त भएको छ ।

एकीकरण पश्चात् संस्थाको नाम ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. बिराटनगर-८ हाटखोला कायम भएको छ भने अध्यक्ष धर्म लाल सिंह कोइरी र अनिरुद्र प्रसाद राजबंशी सहित २० जनाको सञ्चालक समिति कायम भएको छ । कानुनतः ९० दिनभित्र एकीकृत साधारणसभा आयोना गरी नयाँ सञ्चालक समिति गठन गरिने तयारीमा संस्था जुटेको व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी गराउनुभयो । विगतमा पनि ईश्वर साकोस र सपोर्ट नेपाल बचत तथा ऋण सहकारी संस्था लि. कटहरी ४ बीच एकीकरण भएको थियो । ईश्वर साकोसले सहकारी विभाग, नयाँ बानेश्वर काठमाडौंबाट २०७६ साल फागुन २२ गते एकीकरणको स्वीकृति प्राप्त गरेको थियो ।

पछिल्लो एकीकरणसँगै अब ईश्वर साकोसको कुल सम्पत्ति १० करोड २८ लाख रुपैयाँ र सदस्य संख्या साढे १२ सय पुगेको व्यवस्थापक घिमिरेले साकोस आवाजलाई बताउनुभयो । एकीकृत कारोबार सुरु भैसकेको बताउँदै उहाँले अब सदस्यहरुको कृषि उपज उत्पादनको बजारीकरणका लागि साकोसले काम गर्ने बताउनुभयो । साकोसको कार्यक्षेत्र विराटनगर महानगरपालिकासँगै कटहरी, जहदा र ग्रामथान गरी ३ वटा गाउँपालिका पुगेको छ भने हाल २ सेवा केन्द्र सञ्चालनमा छ । ईश्वर साकोस हाल नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध छ । २०७८ साल कार्तिक २६ गते सम्पन्न दुबै संस्थाका सञ्चालक तथा लेखा समिति, उपसमिति, सक्रिय सदस्यहरुको भेलाले एकीकरण प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र