शनिबार, वैशाख ८
१२:५७

मोरङका दुई साकोसबीच एकीकरण

सोमबार, माघ १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोस्थित रमाइलो बचत तथा ऋण सहकारी र जनएकता बचत तथा ऋण सहकारीबीच एकीकरण भएको छ । एकीकृत संस्थाको नाम रमाइलो जनएकता बचत तथा ऋण सहकारी  संस्था राखिएको छ । एकीकृत सहकारीको १५ सदस्यीय तदर्थ सञ्चालक समितिको अध्यक्षमा भोला प्रसाद अधिकारी, उपाध्यक्षमा अम्बिका प्रसाद अर्याल र यशोदा लिम्बु, सचिवमा टङ्क बहादुर अधिकारी, सह सचिवमा युवराज दवाडी र कोषाध्यक्षमा त्रिभुनाथ फुयाँल रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा इच्छा कोइराला, राजेश कार्की, गीता कार्की, नारायण काफ्ले, प्रमीला धिमाल, अनिल कार्की, तारा ओझा राजवंशी, कुमार फुयाँल र डिल्ली प्रसाद ओझा रहनुभएको छ भने लेखा सुपरिवेक्षण समिति संयोजकमा रवीन्द्र पाठक र सदस्यहरूमा बोधनारायण राजवंशी र विमला कटुवाल रहनुभएको छ ।

साकोस एकीकरणसँगै कारोबार पनि बढेको छ । सहकारीको पुँजी तथा दायित्व ९ करोड ९४ लाख १५ हजार ८ सय रुपैयाँ रहेको छ भने कोष हिसाब १० करोड ३० लाख ४८ हजार ५४९ रुपैयाँ पुगेको छ । त्यसै गरी बचत तथा निक्षेप ६५ करोड ४५ लाख ४२ हजार २८९ रुपैयाँ पुगेको छ ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र