शनिबार, वैशाख ८
०१:०९

इफ्को अध्यक्षमा दिलिप सांघाई नियुक्त

बुधबार, माघ ५
एजेन्सी
saccosaawaj

एजेन्सी । इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को) का अध्यक्षमा दिलिप सांघाई नियुक्त हुनुभएको छ । राजधानी नयाँ दिल्लीस्थित इफ्को सदनमा आज बसेको इफ्कोको सञ्चालक समितिको बैठकले राजनीति र सहकारीका विभिन्न निकायमा भूमिका निर्वाह गर्नुभएका बरिष्ठ सहकारीकर्मी सांघाईलाई अध्यक्ष नियुक्त गरेको हो । सांघाई भारतीय सहकारी अभियानको सर्वोच्च निकाय ‘भारतीय राष्ट्रिय सहकारी संघ–एनसीयूआईका अध्यक्ष समेत हुनुहुन्छ । इफ्को अध्यक्ष बलबिंदर सिंह नकईको सन् २०२१ को अक्टोबरमा भएको निधन पछि उक्त पद रिक्त थियो । इफ्को सञ्चालक समितिले संघका उपाध्यक्ष समेत रहेका सांघाईलाई अध्यक्ष नियुक्त गरेको हो ।

 ३ दशक भन्दा अघिदेखि सहकारी क्षेत्रमा सक्रिय भारतका बरिष्ठ सहकारीकर्मी सिंहको ८६ वर्षको उमेरमा निधन भएको थियो । इफ्को किसानहरुलाई आवश्यक मलको उत्पादन तथा बिक्रीमा अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्न सफल विश्वकै ठूलो सहकारीको रुपमा प्रतिष्ठित छ । इफ्को आइसीएले पछिल्लो पटक सार्वजनिक गरेको विश्वका ३ सय ठूला सहकारीहरुको सूचीमा पहिलो नम्बरमा रहेको छ ।

भारतका ५७ वटा सहकारी समितिहरु मिलेर सन् १९६७, नोभेम्बर ३ मा स्थापना भएको इफ्कोमा हाल ३६ हजार सहकारीहरु आबद्ध छन् भने कुल कारोबार २७,८३७ करोड रहेको छ । भारतको राजधानी नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको इफकोले भारतभर साढे ५ करोड किसानहरुमा सेवा प्रवाह गरिरहेको छ ।

किसानहरुलाई सहज, सुलभ र गुणस्तरीय युरिया मल उत्पादन तथा बिक्री वितरण गर्दै आएको इफ्कोले विभिन्न मुलुकका उद्योगसँग सहकार्य गरेर आफ्ना उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्दै आएको छ । पछिल्लो समय इफ्कोले तरल मल को पनि उत्पादन बजारमा ल्याएको छ ।

इफ्कोको परिकल्पना ‘भारतीय किसानहलाई सक्षम तथा समृद्ध बनाउनका लागि, आज र भविष्यमा’ रहेको छ भने ‘भारतीय किसानहरुलाई पर्यावरणीय दृष्टिकोणले अनुकूल तथा सही समयमा भरोसायोग्य तथा उच्चकोटीको कृषि उत्पादन तथा सेवाहरु प्रदान गरी उनीहरुलाई समृद्ध बनाउने तथा सँगै उनीहरुको कल्याणका लागि अन्य केही कार्यहरु गर्ने’ ध्येय रहेको छ ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।