शुक्रबार, वैशाख ७
०६:४४

बर्दियामा सहकारीहरूका लागि नेकोस प्लस सफ्टवेयर तालिम सञ्चालन

शुक्रबार, पुस २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बाँके । लुम्बिनी प्रदेश–बर्दियाको राजापुरमा सञ्चालित विभिन्न सहकारी संघ संस्थाहरुका लागि नेकोस प्लस सफ्टवेयर तालिम प्रदान गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय नेपालगंज बाँकेद्वारा पुस २१ र २२ गते सञ्चालन भएको उक्त तालिमको उद्घाटन प्रमुख व्यक्ति नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । उद्घाटन सत्रमा बाँके र बर्दिया जिल्लाका नेकोस प्लस सफ्टवयर सञ्चालन गरिरहेका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी, बचत  तथा ऋण सहकारी र जिल्ला संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

महासचिव अधिकारीले अहिलेकोे विषम परिवेशमा संस्थाको वित्तीय कारोबार गर्ने सहकारीहरुको लेखाप्रणालीमा एकरुपता ल्याउन, साकोसमा सुशासन कायम गराउन, कारोबारहरु लाई सुरक्षित चुस्त, दुरुस्त तथा पारदर्र्शी बनाउन नेफ्स्कूनले नेकोस प्लस सफ्टवेयरको विकास गरेको बताउनु भयो । उहाँले संस्थाहरुलाई प्रविधिमा अगाडि बढ्न आव्हान गदै संस्थालाई परेको बेला सम्पूर्ण सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा व्यक्त गर्नु भयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका सुचना प्रविधि अधिकृत राजन सुवेदी र सुचना प्रविधि सहायक बम बहादुर मगरले गर्नुभएको थियो । तालिममा बाँके र बर्दियाका गरी विभिन्न सहकारी संघ संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो । 
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण