बिहीबार, चैत्र १५
०९:१२

हाम्रो जनकल्याण साकोसको विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत बक्तृत्वकला प्रतियोगिताः छात्र यशोदा ढुंगेल प्रथम

आईतबार, पुस १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । हाम्रो जनकल्याण साकोसको विद्यालय शिक्षा अन्तरगत पुस १६ गते शुक्रबार भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको सेतीदेवी माध्यमिक विद्यालयमा ग्रामीण विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकला प्रगियोगिता सम्पन्न भएको छ । वक्तृत्वकला प्रगियोगिताको प्रतिस्पर्धामा सहभागी मध्ये कक्षा १० का छात्र यशोदा ढुंगेल प्रथम, छात्र मनोज श्रेष्ठ द्वितीय, कक्षा ७ मा अध्ययनरत छात्रा सुस्मा खडका तृतीय र कक्षा ८ मा अध्ययनरत बिस्मिता ढुंगेलले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।

विद्यालयमा रहेको हाम्रो जनकल्याण बाल क्लबको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा सातदेखि कक्षा १० सम्म अध्ययनरत ११ जना छात्रछात्राले भाग लिएका थिए ।

वक्तृत्वकलामा सहभागी छात्राछात्रालाई सहकारी शिक्षा र विद्यार्थीको उच्च शिक्षाका बारेमा जानकारी गराउँदै हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन ग्रामीण अर्थतन्त्र सबल हुनुपर्ने, ग्रामीण क्षेत्रमा रोजगारीको सिर्जना गर्न कृषिमा आधुनिकिरण गर्नुपर्ने, बजारीकरणलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्ने, उत्पादनका साधनहरुको प्रतिफल वृद्धि गर्न लगानी सुनिश्चित हुनुपर्ने भएकाले पनि ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन स्थानीय सहकारीको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोडदिनु भएको थियो । थोरै थोरै बचतबाट पनि तत्कालिन समस्या समधान गर्न सकिने भएकाले बाल बचत गर्नपनि विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो । 

विजयी छात्राछात्रलाई संस्थाका तर्फबाट नगद पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी सहभागी छात्रछात्रालाई संस्थाको लोगो अंकित कप विरतण गरिएको संस्थाका सूचना अधिकृत पर्वत न्यौपानेले जानकारी दिनुभयो ।

असहाय छात्रवृत्ति वितरण

हाम्रो जनकल्याण साकोसले विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी मनोज श्रेष्ठलाई यस बर्षको असहाय सन्तती छात्रवृत्ति वितरणको रकम हस्तान्तरण गरेको छ । वार्षिक २५ सयका दरले कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने उक्त छात्रवृत्ति मनोज श्रेष्ठले कक्षा सातदेखि प्राप्त गरिरहेका छन् । विद्यालय शिक्षा कार्यक्रमको अवसर पारेर विद्यार्थी मनोज श्रेष्ठलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो । वार्षिक २५ सयका दरले कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने उक्त छात्रवृत्ति मनोज श्रेष्ठले कक्षा सातदेखि प्राप्त गरिरहेका छन् । 

बाबु आमा मध्ये एक जना गुमाएका तर हाम्रो जनकल्याण साकोसमा सदस्य रहेका परिवारका एक जना छोराछोरी वा बाबुआमा दुबै नभएका बालबालिका मध्ये परिवारमा एक जना विद्यार्थीलाई संस्थाले कक्षा ६ देखि १० सम्म असहाय सन्तती छात्रवृत्ति वितरण गर्ने व्यवस्था गरेको छ । सो अनुसार संस्थाले वर्षमा १५ भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ । 
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण